एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आव २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कार्तिक ४ गते मंगलवार सम्पन्न बैंकको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकले २० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १.०५ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।
बैंकले प्रस्तावित गरेको लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
Facebook Comments Box
