Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू


१८ माघ २०८१, शुक्रबार २३:३४

झापा हल्दीबारीको हल्दीबारी माध्यमिक विद्यालयमा आज (शुक्रबार) बाट १५ औँ राष्ट्रपति रनिङ शील्ड खेलाडी छनौट प्रतियोगिता शुभारम्भ भएको छ ।
हल्दीबारी माविको प्राङगणमा शुरु भएको प्रतियोगितामा हल्दीबारी गाउँपालिकाका भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरी १२ वटा विद्यालय सहभागी भएका थिए ।

राष्ट्रपति रनिङ शील्डका खेल संयोजक वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रम औपचारिक उद्घाटन हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो । यस्तै गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टीकादेबि राउत, शिक्षा अधिकृत जनककुमारी राई, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडाध्यक्ष शुकलाल राजबंशी, वडा सदस्यहरू, प्रहरी, स्वास्थ्यकर्मी, विद्यालय प्रधानाध्यापक टंकबहादुर पाख्रिन साथै विद्यालयहरूका शिक्षक, कर्मचारी, संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

आज भएको खेलमा मार्चपास तर्फको बिजेता सरस्वती मावि, द्वितीय हल्दिबारी मावि र तृतीय जनजागृती मावि भएका छन्। अभिभावक दौड पुरूषतर्फ अजित बिष्ट, द्वितीय देबि थापा, र तृतीय सन्तकुमार थापा भएका थिए। अभिभावक दौड महिला तर्फबाट बिजेता टीकादेवी राउत, द्वितीय पवित्रा परियार र तृतीय शान्ता शिवाकोटी भएका छन् ।

त्यसैगरी सटपुट छात्रतर्फ प्रथम सिग्मा अग्रेजी विद्यालयका अभिषेक राजवंशी, द्वितीय चिल्ड्रेन एकाडेमीका दिलिप चौहान, तृतीय हल्दिबारी मावि का विवेक श्रेष्ठ, सटपुट छात्रातर्फ प्रथम लक्ष्मी मावि कि रोजिना राई, द्वितीय हल्दिबारी मावि कि सुस्मिता कार्की, तृतीय सिग्मा अंग्रेजी स्कुलकि प्रतिक्षा याख्खा भएकी थिइन् ।

लङजम्प छात्रतर्फ प्रथम जनजागृति माबिका आयुष पराजुली, द्वितीय चिल्ड्रेन गाडेन अंग्रेजी माबिका अनुराग ढकाल र तृतीय सरस्वती माबिका अनिश हेमरम भएका थिए भने लङजम्प छात्रातर्फ प्रथम लक्ष्मी मावि कि सुशिला हास्दा, द्वितीय हल्दिबारी माविकि समिका मुर्मु र तृतीय जनजनगृति मावि कि सरस्वती बानिया भएकि थिइन् ।

बिजेता खेलाडीहरूलाई खेल संयोजक थापा सहित विशिष्ट व्यक्तित्वहरूले प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए।अन्य समुह चरणका खेलहरू पनि आज खेलाइएको थियो। औपचारिक कार्यक्रम संचालन हल्दीबारी मा वि का सहायक प्र अ तुलसी कोइरालाले गरेका थिए प्रतियोगिता माघ २० गते सम्म संचालन हुनेछ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.