Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग


५ मंसिर २०८०, मंगलवार १०:२८

सोलुखुम्बु।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेचासल्यान गाउँपालिकाको अगुवाइमा निर्माण सुरु भएको पर्यटकीय पदमार्ग निर्माणको पहिलो चरणको काम करिब ९० प्रतिशत पुरा भएको छ।पहिलो चरणमा सुरु गरिएको गौरीटापदेखि चांगेस्थानसम्मको ४६ सय मिटर मध्य झण्डै ९० प्रतिशत पदमार्ग निर्माणको काम सम्पन्न भएको हो।

नेचासल्यान गाउँपालिकाको वडा नं-४ फुर्केबाट सुरु भएर गैरी-डडेली-टावर डाँडा गौरीटाप हुँदै सोलुदुधकुण्ड नगरपालिकाको पिकेडाँडालाई अन्तिम गन्तव्य बनाउने गरि सो पदमार्ग निर्माणको काम सुरु गरिएको हो।गाउँपालिका अध्यक्ष धनजन राईका अनुसार गौरीटाप-चांगेस्थान ४६ सय मिटर लामो पदमार्गमा ४ वटा विश्रामस्थल निर्माण गरिएको छ।सो पदमार्ग निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले १५ लाख र युएनडीपीले १५ लाख रुपैयाँ गरि ३० लाखको बजेट साझेदारी गरेको अध्यक्ष राईको भनाई छ।

सो योजना निर्माण सम्पन्न भएसंगै आगामी बर्ष गौरीटाप- तिङ्ला लौरे भज्याङ – सिद्ध डाँंडा खाल्पा सिरान- डडेली र धनभीर आहाले गैरीसम्म पदमार्ग बिस्तार गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभयो।.

त्यतिमात्र नभएर ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) संगको साझेदारीमा पर्यटन प्रबर्द्धनका कार्यक्रम अगाडी बढाउने योजना पनि गाउँपालिकाको छ।छिमेकी जिल्ला ओखलढुंगाको रुम्जाटार बिमानस्थलमा पर्यटकहरुलाई अवतरण गराएर पदमार्गकोउच्चस्थल गौरीटाप र सोलुखुम्बुकै सबै भन्दा कम उचाईको तुईन्टारसम्म पर्यटकहरुलाई भ्रमण गराउन सकिने टान अध्यक्ष निलहरी बास्तोलाले सुझाव दिएका छन्।त्यसको कार्यान्वयनका लागि गौरीटाप- तिङ्ला लौरे भज्याङ – सिद्ध डाँंडा खाल्पा सिरान- डडेली र धनभीर आहाले गैरी तथा फुर्के- तुईन्टार पदमार्ग बिस्तारका लागि टानले लगानी ब्यबस्थापनको पहल गर्ने र गाउँपालिकाले डीपीआर निर्माण गर्ने गरि तयारी अघि बढेको अध्यक्ष राईले जानकारी दिनुभयो।

आकर्षक गन्तव्य धेरै भएपनि पर्यटकीय हिसाबले अत्यन्तै पछि परेको नेचासल्यानमा पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम अगाडी बढाउनुको विकल्प नरहेको अध्यक्ष राईको बुझाई छ।

पदमार्ग निर्माण सुरु भएसंगै दैनिक रूपमा ८/१० जना पर्यटकहरुले पदमार्गको गौरीटापबाट चागेंस्थानसम्म अवलोकन गर्न थालेका छन्।यसबाट स्थानीय होटल ब्यबसायीहरु लाभान्वित बनेको र पर्यटकहरुलाई पदमार्गको तल्लो क्षेत्रसम्म आउने गरि कार्यक्रम अगाडी बढाउने गरी योजना बनाईरहेको अध्यक्ष राईको भनाइ च्ग। ‘पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार बनाउने हाम्रो योजना हो,त्यसका लागि सरोकार वालाहरुको सुझाव र सहकार्य गरेर हामी अघि बढ्छौं’-गाउँ पालिका अध्यक्ष राईले भन्नुभयो।

Source rahashyakhabar.com

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.