Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ


२४ कार्तिक २०८०, शुक्रबार १८:२८

खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।पार्किङमा थन्किएको झण्डै चार महिनापछि नेचासल्यान गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स पहिलो पटक प्रयोगमा आएको छ।

कृषिजन्य बस्तुहरुको बजार प्रबर्द्धनमा कृषकहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष धनजन राईको पहलमा गत श्रावणमा खरिद गरिएको कृषि एम्बुलेन्सलाई धनकमल बहुउद्देश्यीय कृषि तथा पशुपञ्छी फर्मले पहिलो पटक प्रयोगमा ल्याएको हो।गाउँपालिकाको वडा नं-४ फुर्केमा स्थापित सो फर्मले आलु पकेट क्षेत्रमा उत्पादित १२ सय केजी आलु बिक्रिका लागि राजधानी काठमाडौं पठाएको छ।प्रदेश सरकारको कार्यक्रम अन्तर्गत आलु पकेट क्षेत्रका लागि छनौट भएका १० जना कृषकले प्रति ब्यक्ति सरदर ५५ मुरी आलु उत्पादन गरेको फर्मकी प्रोपाइटर मोहन कुमारी भट्टराईले जानकारी दिइन्।

उत्पादित कुल परिणाममध्ये धेरै जस्तो स्थानीयस्तरमै बिक्रि बितरण भए पनि बाँकी रहेका आलु गाउँपालिकाको कृषि एम्बुलेन्स मार्फत काठमाडौं लगिएको आलु पकेट क्षेत्रमा आबद्ध स्थानीय जालपा आबिका प्रधानाध्यापक रोहित बास्तोलाले जानकारी दिए।नेचामा उत्पादित सो आलु काठमाडौंमा पुर्‍याएर त्यहाँको बजारमूल्य भन्दा १० रुपैयाँ कममा बिक्रि गर्ने तयारी रहेको उनको भनाइ छ।बिक्रि बितरणका आलु काठमाडौं पठाउंदा गाउँपालिकालाई ११ हजार रुपैयाँ शुल्क तिर्नुपरेको उनले बताए।काठमाडौंबाट फर्कंदा प्राथमिकताका आधारमा औषधि,कृषि जन्य सामाग्री,तरकारी वा आधारभूत आवश्यकताका बस्तु सहुलियत मूल्यमा खरिद गरेर लान सकिने गाउँपालिकाले तयार गरेको कृषि एम्बुलेन्स सञ्चालन कार्यबिधिमा उल्लेख गरिएको छ।

कृषि एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिका आफैंले चालक नियुक्त गरेको छ।त्यसका सञ्चालनका लागि कृषि शाखामा एक फोकल पर्सन तोकिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।कृषि एम्बुलेन्स प्रयोगका लागि न्युनतम १ हजार केजी भन्दा माथि कृषिजन्य उत्पादन हुनै पर्ने मापदण्ड कार्यबिधिमा उल्लेख भएको उनको भनाइ छ।

संघीय सरकारले गरिव कृषकहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरि गत आर्थिक बर्षमा बिनियोजन गरेको बजेटबाट नेचासल्यानले सो कृषि एम्बुलेन्स खरिद गरेको थियो।गाउँपालिका भित्र उत्पादित कृषिजन्य,फलफूल र मासुजन्य बस्तु बजारसम्म ढुवानी र आबश्यक सामान ढुवानीका लागि सहुलियतपूर्ण भाडा जो सुकै कृषक र जुनसुकै कृषि समूहले प्रयोग गर्न सकिने अध्यक्ष राईले बताए।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.