Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा


२५ चैत्र २०८०, आईतवार १३:१८

झापा । स्थापनाको एक वर्षभित्रै चर्चाको शिखरमा रहेको भद्रपुर झापा गोल्ड कपले एक भव्य समारोहका बीच प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार मेची रंगशालाको कवर्ड हलमा गोल्ड कपको साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा मन्तव्य राख्दै उनले खेल क्षेत्रको पूर्वाधार एवम् वृत्ति विकासका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले मेची रंगशालामा पयारापिट निर्माण र फ्लड लाइट व्यवस्थापनका लागि प्रदेश सरकारले केही बजेट छुट्याउने र अपूग बजेटका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, कोशी प्रदेश सांसद छविलाल चूडाल, निमसरी राजवंशी, पूर्व प्रदेश सांसद बसन्त बानियाँ, नेकपा माओवादी केन्द्रका झापा संयोजक राजु आचार्य (अग्नि), भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालगायतले शुभकामना मन्तव्य राख्दै भद्रपुर झापा गोल्डकप प्रतियोगिताको निरन्तरताका लागि शुभकामना दिउका थिए ।

सो अवसरमा वरिष्ठ फुटबल प्रशिक्षक, झापा जिल्ला फुटबल संघका अध्यक्ष भागिरथ आले ‘‘मामा’लाई भद्रपुर झापा गोल्डकपका तर्फबाट सम्मानसमेत गरिएको थियो । प्रमुख अतिथि कोशी प्रदेश सामाजिक विकास मन्त्री कार्कीले आलेलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्र गोल्डकपका सचिवालय सदस्य रोहित काफ्लेले वाचन गरेका थिए ।

सोही अवसरमा सौर्य एयरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुरका अध्यक्ष दीपक पोखरेलले आउँदो वर्ष दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थ्एि ।
अध्यक्ष दिपेश ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको समारोहमा स्वागत उपाध्यक्ष डिल्लीराम घिमिरेले र सञ्चालन महासचिव जीवनकुमार श्रेष्ठले श्रेष्ठले गरेका थिए । अध्यक्ष ढकालले भद्रपुर झापा गोल्डकपलाई देश–विदेशमा रहने खेलकुदप्रेमी नेपालीहरुले असाध्य माया र सहयोग गरेको बताउँदै आगामी फागुनमा द्रोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप प्रतियोगिता अझ परिस्कुत र भव्य रुपमा आयोजना गरिने उल्लेख गरे ।

साधारणसभामा प्रथम भद्रपुर झापा गोल्डकप तथा प्रथम अन्तरपालिका झापा जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आयब्ययसमेत सार्वजनिक गरिएको थियो । गोल्डकपका सह कोषाध्यक्ष अजय साहेवालाले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार ३ करोड ३० लाख १६ हजार ३ सय ३८ आम्दानी र २ करोड २१ लाख ८४ हजार ९ सय ३३ रुपैयाँ खर्च तथा ७१ लाख ५५ हजार ५ सय ६३ रुपैयाँ ९० पैसा बचत रहनुका साथै ७ लाख ९४ हजार ६ सय ३ बराबरको जिन्सी सामग्रीहरू मौजुद रहेको उल्लेख छ ।
साधारणसभाले अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको प्रतिवेदन, महासचिव श्रेष्ठको सांगठनिक प्रतिवेदन र सहकोषाध्यक्ष साहेवालाको आर्थिक प्रतिवेदन पारित गरेको गोल्डकपका सचिव टहलदास मैनालीले जानकारी दिए ।

भद्रपुर झापा गोल्डकपको वर्तमान कार्यसमितिमा दिपेश ढकाल– अध्यक्ष, आदित्य पराजुली– वरिष्ठ उपाध्यक्ष, गौरव सुब्बा र डिल्लीराम घिमिरे– उपाध्यक्ष, बाबुराम पराजुली– आमन्त्रित उपाध्यक्ष, जीवनकुमार श्रेष्ठ– महासचिव, टहलदास मैनाली– सचिव, योगेन्द्र पौडेल– सहसचिव, गणेश राजभण्डारी– कोषाध्यक्ष र अजय साहेवाला– सह–कोषाध्यक्ष सहित नितेश वर्मा, कुमार गिरी, तीर्थराज ढकाल, कुमार श्रेष्ठ, गम्भीर राई, प्रज्वल राई, भरत गुरुङ, शम्शेर मोक्तान, विक्की जैसवाल, पूर्णमाया सुब्बा, खोमाकुमारी दाहाललगायत १३ जना सदस्य रहेका छन् ।

साभार nirmanlahar.com

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.