रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
केही साता अघिसम्म फुस्रो र उराठलाग्दो देखिएको सिस्ने हिमालले अहिले ‘कालो पत्थर’को चोला फेरेको छ । सिस्ने मात्र होइन, पुथा हिमालदेखि धौलागिरी र माछापुच्छ्रेका श्रृङ्खलाहरू हिउँले ढाकिएर टलक्क टल्किएका छन् ।

जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका माथिल्लो भेगहरू यतिबेला कुनै चित्रकारले कोरेको जीवन्त क्यानभास जस्तै देखिएको छ ।
रुकुम पूर्व र बागलुङ संगमस्थल ‘पातिहाल्ना’ यतिबेला हिउँ खेल्नेहरूको मुख्य अखडा बनेको छ । मध्यपहाडी लोकमार्ग हुँदै गुड्ने गाडीहरू पातिहाल्ना आइपुग्दा नरोकिई धरै मानिस फर्कंदैनन् ।

Facebook Comments Box
