Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्ने राष्ट्रपतिको विश्वास


४ कार्तिक २०७७, मंगलवार १२:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दुबै मुलुकका राजनीतिक दलबीच नियमित संवादका लागि परामर्श संयन्त्र स्थापनाले नेपाल चीन बीचको सम्बन्ध थप प्रगाढ तुल्याउन विशेष योगदान पुग्ने बताइन् ।

राष्ट्रपति भण्डारीको उक्त लिखित सन्देश भर्चुअल बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेका हुन् । राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्ठितबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औँल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवद्र्धन गर्दै हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंँगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराइन् ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औंँ वर्ष पूरा भएका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गरिन् । “नेपाल र चीन प्राचीन सभ्यता र समृद्ध संस्कृतिद्वारा अनुप्राणित मैत्रीपूर्ण सम्बन्धमा आबद्ध असल छिमेकी मुलुक हुन् ।

नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहिआएको छ । तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन ।”


उनले गतवर्ष आफूले गरेको चीनको राजकीय र चीनका राष्ट्रपतिले गर्नुभएको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै राष्ट्रपति सीले गर्नुभएको भ्रमण नेपाल र चीनबीच प्राचीनकालदेखि कायम रहिआएको मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्ध सुदृढीकरणका लागि एक महत्वपूर्ण कोशेढुुङ्गा सावित भएको बताइन् ।

राष्ट्रपति भण्डारीले दुवै देशले द्विपक्षीय सम्बन्धको विकास र समृद्धिका लागि अटुट मित्रतापूर्ण रणनीतिक सहयोगात्मक साझेदारी स्तरोन्नति गर्दै ‘वन बेल्ट वन रोड इनिसिएटिभ’ अन्तर्गत हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोगको निर्माणका लागि हातेमालो गरी अघि बढ्ने अठोट प्रकट गरेको उल्लेख गरेकी छन् ।

नेपाल चीन सीमामा थप नाका सञ्चालनमा ल्याई जनताको आवागमन र व्यापार सहजीकरणलाई सहयोग पुर्याउने प्रशस्त सम्भावना रहेकाले यस कार्यमा दुवै सरकारको प्राथमिकता रहने विश्वास प्रकट गर्दै राष्ट्रपति भण्डारीले गत अप्रिलमा राष्ट्रपति सीसँग आफ्नो टेलिफोन वार्ताका अवसरमा दुई देशबीच कोभिड –१९ विरुद्धको लडाइँमा द्विपक्षीय सहयोगलाई सबल पार्ने र महामारीको अन्त्यपछि वन बेल्ट वन रोड अन्तर्गतको सहयोगलाई द्रुत गतिले अघि बढाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेकी छन् ।

चीनले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाउँदै राष्ट्रपति भण्डारीले शताब्दीका दुई महान् लक्ष्य प्राप्तिमा चीन सरकारलाई पूर्ण सफलता प्राप्त हुनेछ भन्ने दृढ़ विश्वास व्यक्त गरिन् । उनले चीनको विकास र समृद्धि नेपालका लागि समेत एउटा महत्वपूर्ण अवसर भएको बताइन् ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि शुभकामना सन्देश प्रस्तुत गरिएको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.