मेगा बैंकको ‘तीनमा तीन सय’ नामक डिजिटल दक्षिणा अफर
काठमाडौं । नेपालीहरुको महान चार्ड दशैंमा मेगा बैंक नेपाल लिमिटेडले दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ा
कोरोनाको असहज परिस्थितिमा नेटबिहीन बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि ३ सय रुपैंया ‘क्यासब्याक’ पाउने गरि उक्त अफर आजबाट सुरु गरेको बैंकले जनाएको छ ।
मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणा स्वरुप रकम पठाउनुपर्नेछ । दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको बैंकले जनाएको छ ।
दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।
