समृद्धि फाइनान्सको हकप्रद शेयर भर्न अब २ दिन मात्र बाँकी !
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले निष्काशन तथा बिक्रि खुल्ला गरेको हकप्रद शेयर भर्ने समय अब २ दिन (बिहिवारसम्म) मात्र रहेको छ । कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर असोज १६ गते शुक्रबारबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशनको लागि भदौ १२ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । त्यसैले सो भन्दा अघिल्लो दिनसम्म कायम साविक शेयरधनीहरुले १ कित्ता शेयर बराबर नयाँ २ कित्ता शेयरको अनुपातमा प्रतिशेयर १०० को अंकित दरमा उक्त शेयरमा कार्तिक ६ गते सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
Facebook Comments Box
