नेपाल एसबिआई मर्चेन्टले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्ग लिमिटेडले पाचौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको कार्तिक २ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार सभा कार्तिक २७ गते बिहिबार नेपाल एसबिआई बैंक लिमिटेड केन्द्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७६/७७ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण ,सोहि अवधिको वार्षिक आर्थिक विवरणहरुमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियूक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध विषयमा छलफल हुनेछ ।

Facebook Comments Box
