कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीका लागि खल्तिसँग सहकार्य गरेको छ । ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो।
यस सम्बन्धी सम्झौताका लागि कृषि विकास बैंकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले बैंकको मुख्य कार्यालयमा हस्ताक्षर गरेका छन् ।
खल्तीसँगको सम्झौतापछि कृषि विकास बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिग र इन्टरनेट बैंकिक सेवा प्रयोग गरेर उनीहरूको खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सक्नेछन् ।
यस साझेदारीले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा कृषि विकास बैंकले गरेको छ । ग्राहकहरूले डिजिटल डिजिटल बैंकिंगमा अझ धेरै सुविधा पाउँले बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिंग प्रणाली प्रदान गर्नेछ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि विकास बैंकका ग्राहकले ई-बैंकिंग, मोबाइल बैंकिंग, बैंक स्मार्ट, बैंकिंग चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्टीमा रकम लोड गर्न सक्नेछन् ।
खल्ती कसरी डाउनलोड गर्ने ?
खल्तीको मोबाइल एप एन्ड्रोइड प्लेटफर्ममा प्ले स्टोर, एप्लका डिभाइसहरूमा एप स्टोर र http://khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।
