Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?


३ कार्तिक २०७७, सोमबार १६:३४

नारायण गाउँले ।

-करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो – जनताले हात उठाएनन् !
-सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।

-सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो – जनताले हात उठाएनन् ।

-आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे – र पनि जनताले हात उठाएका छैनन् ।

-मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन – तर जनताको हात यहाँ पनि उठेको छैन ।

-नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ – फेरि पनि जनताले हात उठाएका छैनन् ।

-विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् – खै कतै कसैले हात उठाएका छैनन् ।

-सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए । रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो – तर पनि जनताको हात उठेको छैन ।

-किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !

ए सरकार !
आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो ? महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो ?

राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ ।

आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?

भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.