नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं : नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
उक्त ट्रेजरी बिल आज (कार्तिक ३ गते सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर कार्तिक ४ गते जारी हुने बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने बाँकि चार अर्ब नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।
Facebook Comments Box
