फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सिइओमा पौडेल नियुक्त
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नुमनाथ पौडेललाई नियुक्त गरेको छ । संस्थाको कार्तिक १ गते, शनिबार बिहाना बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा नियुक्त गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले कार्तिक १६ गते, आइतबारबाट लागू हुने गरी पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ ।
Facebook Comments Box
