नेपाल बैंकले ग्राहकलाई बैंकको विभिन्न सेवा सुविधाहरु निःशुल्क प्रदान गर्ने
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । बैंकले ८४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निशुल्क प्रदान गर्ने भएको हो ।
बैंक बिक्रम संम्वत् १९९४ कार्त्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको हो । आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकलाई कार्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो सेयर, सीआश्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।
बैंकले हाल ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
Facebook Comments Box
