दशैं र निषेधाज्ञाको हल्लाले बैंक तथा वित्तीय संस्थामा ग्राहकको घुँइचो बढ्यो
काठमाडौं । कोभिड संक्रमणको जोखिममा पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुँइचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयमार्फत् सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको हो ।
फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकाले पनि भिड बढेको देखिएको छ । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ ।
कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउछन् । बैंकहरुले
डिजिटल बैंकिङमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाए पनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंकसम्म पुग्नैपर्ने बाध्यता छ ।
Facebook Comments Box
