माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित, अन्तरिम लाभांश भने वितरण गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २२औंं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले साधारणसभा स्थगित गरेसँगै अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले उपत्यकामा कोरोना भाइरसको महामारी बढेको हुँदा शेरधनीमहानुभावहरुलाई उक्त स्थानमा भाग लिन कठिनाई हुने भन्दै बैंकले आफ्नो वार्षिक साधारण सभा स्थगित गरेको हो ।
बैंकले २.८५ प्रतिशतले हुन आउने २४ करोड १० लाख ८० हजार ६ सय ६० रुपैयाँ २५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले कोरोना कहरको कारण शेयरधनीहरुलाई परेको आर्थिक प्रभाव र नजिकदै गरेको चाडपर्वलाई समेत मध्यनजर गर्दै अन्तरिम लाभांश वितरणको प्रस्ताव गरेको एक सुचना जारी गर्दै बताउको छ ।
बैंकले राष्ट्र बैंकले स्विकृति दिएपछि अन्तरिम लाभांश वितरण गर्ने जनाएको छ । यसरी वितरण गरिने लाभांशलाई पछि हुने साधारणसभाले अनुमोदन गर्ने बैंकले जनाएको छ ।

