एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन किन्दा ४०% छुट पाउने
काठमाडौं । एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन खरिद गर्दा नगद फिर्ता पाउने भएका छन् । एनएमबी बैंकका ग्राहकलाई सीजीका उत्पादनमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
यससँगै एनएमबी बैंकका ग्राहकहरुले सीजीको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबी दशैं नगद फिर्ता अफर पाउने भएका हुन् ।
एनएमबी बैंक भिसा डेबिटरक्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।
यसपालिको दशैं किनमेलमा सजिलो होस् भन्ने उद्देश्यसाथ सीजीले यो अभियान शुरु गरेको हो ।
एनएमबी बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरु मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comments Box
