राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्यो पिओएसको माध्यमवाट भुक्तानी सेवा, भुक्तानीमा एक हजारसम्म क्यास ब्याक हुने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आउँदो दशै एवं तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत प्वाइन्ट अफ सेल (पिओएस)को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ ।
विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि सो सेवा सुरु गरिएको बाणिज्य बैंकले जनाएको छ ।
अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंककै कार्डबाट पिओएसको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा १००० रुपैंयासम्म क्यासब्याक हुने समेत बैंकले जनाएका छ ।
विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकले जनाएको छ ।
