सानिमा इक्विटी फण्डको बुक क्लोज मिति तय
काठमाडौं । सानिमा इक्विटी फण्डले नगद लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति तय गरेको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र०७७ का लागि सानिमा इक्विटी फण्डको इकाईधनीहरूलाई कर सहित ७ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।
फण्डले नगद लाभांश वितरणका लागि कार्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । मिति २०७७ कार्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments Box
