अभियन्ता संजय, भावना द्धारा निर्मीत घर नगर प्रमुख र उपप्रमुख बाट शिलान्यास
विगत लामो समय देखि भद्रपुर भित्र रहेका दुखि पिडितहरुको बुलन्द आवाज हुन सामाजिक अभियन्ता संजय भुईमाली र भावना क्षेत्री यि दुई दाम्पती जोडिले नगर भित्र र बाहिरका सयौ विरामीहरुलाई उद्धार गरि सकेका छन । भने धेरै परिवारको निभेको चुलो बाल्ने काम पनि गरेका छन । संजय भावना कहिले पिडितको घरमा गई खाद्यन्न सहयोग गर्छन कहिले जाडोमा न्यानो कपडा वितरण ।
पछिल्लो समयमा पिडितहरुको सेवा संसगै सामाजिक अभियन्ता संजय भुईमाली र भावना क्षेत्री आवास निमार्ण कार्यमा जुटेका छन । संजय भुईमाली र भावना क्षेत्रीले टिकटक एपलिकेशन लाई मनोरन्जनात्मकको स्वरुप नभई टिकटक एपलिकेशन बाट पनि समाजको लागि बुलन्द आवाज र समाजको सेवा गर्न सकिन्छ भन्ने एक उदाहरणीय पात्रको रुपमा चिनिदै छन । यति बेला सामाजिक अभियन्ता संजय भुईमाली र भावना क्षेत्रीको पहलमा भद्रपुर नगरपालिका वडा नं. ९, स्थीत सुकुम्बासी टोलमा एक अपाङ्ग बच्चाको निम्ती सानो बरण्डा सहितको तिन कोठे आवास निमार्ण गरिदिने भएका छन ।
भद्रपुर नगरपालिका र वडा नं. ९, को सहजीकरणमा बिहीबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की वडा ९, का वडा अध्यक्ष राम प्रसाद दाहाल वडा सदस्य मन्जु राउत (खड्का) शर्मीला पाँचकोटी प्रकाश राजवंशी वडा ६, का वडा अध्यक्ष रतिया राजवंशी वडा नं. ५, का वडा सदस्य जेष्ठमन ठाकुर वडा नं. ९, का पुर्व वडा अध्यक्ष सनिलाल राजवंशी यसै गरि सामाजिक अभियन्ता संजय भुईमाली र भावना क्षेत्रीले एक साथ आवास घरको शिलान्यास गरिएको थियो ।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथी भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेल उपप्रमुख राधा कार्की वडा नं. ९, र ५, का वडा अध्यक्ष सदस्यहरु लगायत समाजका बुद्धिजिवी, समाजसेवि रमेश न्यौपाने, हेमु घिमिरे, सिताराम दाहाल युवा नागरिक समाज नगर कमिटीका सचिव हेमलाल भट्टराई भद्रपुर प्रेश कल्बका पत्रकार राजबाबु शंकरको पनि उपस्थिती रहेको थियो ।
अभियन्ता संजय भुईमालीले कार्यक्रममा स्वागत मनत्व्य राख्दै अपाङ्ग अर्जुन राजवंशीको आवास निमार्ण कार्यमा आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्नु हुने सम्पुर्ण देश विदेशमा रहनु भएका तमाम सहयोगी दाताहरु समक्ष धन्यवाद प्रकट गर्नु भएको थियो ।
भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेल ले सोहि कार्यक्रममा सामाजिक अभियन्ता संजय भुईमाली र भावना क्षेत्रीले समाज प्रति गरिरहेको सत्कर्म कार्यको प्रशंसा गर्दै खुसी व्यक्त गर्नु भएको थियो । नगर प्रमुखले सोहि कार्यक्रममा नगरपालिका र वडाको ध्यान नपुगिरहेको अवस्थामा आज संजय र भावनाको जोडिले वडा नं. ९, स्थीत सुकुम्बासी टोलमा रहेको जिर्ण भएको घर लाई मध्यनजरमा राख्दै सहि ठाँउ र व्यक्तिको पहिचान गरि एउटा गरिब परिवार र अपाङ्ग बच्चाको लागि आवास निमार्ण गर्नु सहरायिन कार्य भएको भन्दै अझ समाज भित्रका विभिन्न गतिविधीहरुमा निरन्तर लागि रहन समेत अग्रह र शुभकामना व्यक्त गर्नु भएको थियो । नगर प्रमुख गणेश पोखरेल ज्यूले अपाङ्ग बच्चाको स्वास्थ्य स्थीती बुझदै बच्चाको उपचारको लागि पहल गर्दै मेची प्रादेशिक अस्पतालमा लगेर चेक जाँच गर्न परिवार र वडा अध्यक्ष राम प्रसाद दाहाल लाई ध्यानकर्षण गराएका थिए भने स्वयम नगर प्रमुख आफै अस्पतालमा गई बच्चाको स्वास्थ्य स्थीती बुझने र नगरपालिका र वडाले केहि सहजिकरण गर्ने जानकारी गराउनु भएको थियो ।
सोहि कार्यक्रमा नगरका उपप्रमुख राधा कार्की ज्यूले कार्यक्रममालाई सम्बोधन गर्दै मन,बचन,कर्म र सेवाले नै मानिस लाई स्थापित गराउद छ । सेवामुलक कार्य गरे कुनै पनि मठ मन्दिरको ढोका धाउनु पर्दैन भन्दै हिजोका दिनमा आफुले पनि समाजको सेवा गर्दै आएकोले अहिले नगरको गरिमय पदमा पुगेको उपप्रमुख राधा कार्की बताउ हुन्छ । संजय र भावनाले गरिरहेको समाज प्रतिको सत्कर्मको उल्लेखनिय प्रशंसा गर्दै यस अभियानमा आफनो व्यक्तिगत सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
भद्रपुर नगरपालिका वडा नं. ९, का वडा अध्यक्ष राम प्रसाद दाहालले संजय र भावनाले गरिरहेको कार्यमा आगामी दिनहरुमा पनि अझ यस्तै राम्रा कार्यहरुमा ध्यान जाओस भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
भद्रपुर नगरपालिका वडा नं. ६, का वडा अध्यक्ष रतिया राजवंशीले स्मरण गर्दै संजय र भावनाले आफनो वडा भित्र पनि विपन्न परिवारहरु लाई सहयोग गरेको बताउनु भएको थियो । संजय भुईमाली र भावना क्षेत्रीले गरिरहेको सामाज प्रतिको सेवा लाई हेरेर भए पनि भद्रपुर नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधीहरुले पनि सिक्नु पर्ने बताएका छन । भद्रपुर नगरपालिकाका नगर प्रमुख उपप्रमुख लाई ध्यानकर्षण गर्दै भौतीक संरचना निमार्ण गर्नु मात्र विकाश नभई समाजमा रहेका विपन्न परिवारहरुको पिडामा मलमपट्टि लगाउन र विपन्न वर्गका परिवारहरु लाई प्रत्येक बर्षको बजेटमा प्रत्येक वडामा ५, ५ ओटा घर बनाई दिन आग्रह गरेका थिए ।
युवा नागरिक समाज भद्रपुर नगर कमिटिका अध्यक्ष प्रेम खनालले कार्यक्रम लाई सम्बोधन गर्दै संजय भुईमाली र भावना क्षेत्रीले गरिरहेको यो कार्यलाई एैतिहासिक काम भएको जानकारी गराएका थिए । स्थानिय सरकार लाई ध्यानकर्षण गर्दै स्थानिय सरकारले गर्नु पर्ने काम आज अभियन्ताले गर्नु परेको छ भन्दै दुःख व्याक्त प्रकट गर्नु भएको थियो । सामाजिक कार्यमा कुनै पनि राजनितिक पार्टी गुट,दल केहि नभनि तन,मन,धन र बचनले यो समाज निमार्ण कार्यमा जुटन आग्रह गर्नु भएको थियो ।
