Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेपालमै पहिलो प्रविधिमय बन्दै हल्दिबारी गा.पा पालिका भित्र रहेको सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि सिसि क्यामेरा एप्स संचालनमा


२२ फाल्गुन २०७९, सोमबार २१:५८

शैक्षिक सुधारका लागि सीसी क्यामेरा ‘एप्स’ सञ्चालनमा आएको छ एप्सको पुर्व उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । लिङ्गदेनले आफ्नो सम्बोधनमा सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य भएकोले सबैले इमानदारीका साथ काम गर्नुपर्ने बताउनुभयो । प्राविधिक, जीवनोपयोगी र स्वरोगारमुखी शिक्षा वर्तमानको आवश्यकता रहेको समेत लिङ्गदेनले औंल्याउनुभयो ।

गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले कार्यक्रममा जानकारी दिनुभयो । एप्सको माध्यमबाट प्रविधिको प्रयोग गरेर अनलाइनबाटै विद्यालय अनुगमन हुने उहाँको जिकिर रहेको थियोे । “एप्सबाट अभिभावकले आफ्ना नानीबाबीहरु विद्यालय गए-नगएका सोझै देख्न सक्नेछन्”, उहाँले भन्नुभयो, “शिक्षक र विद्यार्थीको गतिविधि नियाल्न सकिन्छ ।” एप्सबाट कक्षामा शिक्षकले के गर्दैछन्, विद्यार्थी उपस्थित भए नभएको हेर्न सकिने भएकोले उपयोगी हुने समेत अध्यक्ष लिङ्गदेनको भनाई थियोे ।

१४४ सीसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीहरुले आफैँ निर्माण गरेका हुन् विद्यालयमा भएका कमीकमजोरीलाई नियालेर शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक काम गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताउनुभयो ।

गाउँपालिका हाताभित्र रहेका १७ वटा सामुदायिक विद्यालयमा सीसी क्यामेरा जडान गरिसकिएको छ भने प्लेस्टोरबाट मोबाइलमा एप्स डाउनलोड गरेर हेर्न सकिने व्यवस्था समेत मिलाइएको एप्सका बारेमा गाउँपालिकाका आइटी अफिसर सुशील कडरियाले जानकारी दिनुभएको थियो । एप्स डाउनलोड गर्न र प्रयोग गर्न भने गाउँपालिकाबाट अनुमति लिनुपर्ने छ ।

कार्यक्रममा झापा क्षेत्र नं. ३ (२) का प्रदेशसभा सदस्य छविलाल चुँडाल, जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्व बराल, प्रमुख जिल्ल अधिकारी शिवराम पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख राजकुमार बिक, हिल्दबारी–१ का वडाध्यक्ष लगातयले मन्तव्य राख्नु भएको थियोे । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले गर्नुभएको थियो भने ।

सोही कार्यक्रमका बिच भर्खरै सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पालिकाबाट जिल्लामै पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगिताका निर्देशन तथा ब्यावस्थापन समिति तथा प्रशिक्षकलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.