समाजसेवी दिनबन्धु गोयलले १२ घर बनाईदिने स्वा. ओमप्रकाश गोयल कोलोनी मार्ग
मिती १२ माघ २०७९ झापा, भद्रपुर
दिनबन्धुले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा बस्तीमा बसोबास गर्दै आईरहेका आदिवासी / जनजाति समुदायका व्यक्तिहरूको लागि एक नाशको घर लस्करै १२ वटा घर निमार्ण गरिदिने भएका छन ।
सोहि बस्ती जोड्ने सडकको नाम स्व. ओम गोयल कोलोनी मार्ग राखिएको छ । भद्रपुर वडा नं. ६ का वडा कार्यालयको सहजीकरणमा बिहीबार आयोजित एक कार्यक्रमका बीच मार्गको उद्घाटन गर्दै घरको शिलान्यास गरिएको छ ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की वडा अध्यक्ष रतिया राजवंशीले एक साथ शिलान्यास गर्नु भएको थियो ।
दाता दिनबन्धुले राजो माझी, श्याम माझी, रमेश माझी, नारायण राजवंशी, फुलकुमार राजवंशी, प्रमीला राजवंशी, भेलासरि राजवंशी, सुमित्रा माझी, लखन माझी र रविन माझीको वरन्दासहित दुई कोठे घर बनाइदिन लागेको भद्रपुर न.पा वडा नं.६ का वडाध्यक्ष रतिया राजवंशीले बताउनु भएको छ ।
निर्मला राजवंशी र विजयकुमार माझीले पक्की घर बनाइसकेको उनीहरूको घरको मर्मत सम्भार र रंगरोगन गरिदिने वडा अध्यक्ष रतिया राजवंशीले बताउनु भएको छ ।
दाता दिनबन्धुजीले वडा नं ६ मै जग्गा धनिपूर्जा वा सुकुम्वासी बस्तीमा घर बनाइदिने बताएपछि वडा कार्यालयले भद्रपुर नगरपालिकाको सहयोगमा यस बस्तीलाई छनोट गरेको उनले बताए।
वडा अध्यक्ष रतिया राजवंशी बताउनु हुन्छ ति पिडितहरुले नयाँ घर त पाउदै छन । तर ती घरहरूमा शौचालय बनाइदिने दाता भेटिएको छैन,’ तै पनि रतियार राजवंशी भन्नु हुन्छ । ’शौचालयका लागि हामी पहल गरिरहेका छौँ । त्यसै गरि भद्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रतिया राजवंशीले खानेपानीको व्यवस्था मिलाइदिन भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल उपप्रमुख राधा कार्की लाई अनुरोध गरेका छन ।
स्व. ओमप्रकाश गोयल दाता परिवारका तर्फबाट विनय गोयलले महिना भित्र १२ ओटा घरको काम सम्पन्न गरिने र त्यसका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने बताउनु भएको छ ।
भद्रपुर नगरपालिका–६ भतियावारी निवासी नारायण राजवंशी पेशाले मजदुर हुन्।
दुई छोरीको विवाह पश्चात् श्रीमती सँगै बस्दै आएका नारायणको सम्पत्तिका नाममा १० धुर जमिन मात्र छ ।
टिनको छाप्रोमा जसोत्यसो बसेर गुजार चलाउँदै आएका राजवंशी दम्पत्तीलाई समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले नयाँ २ कोठे र बरण्डा सहितको पक्की घर बनाइ दिन लागेपछि खुसि छाएको छ ।
’दैनिक ज्यालादारी काम गर्छु नजिकै रहेको फयक्ट्रीमा काम गर्दै छु त्यहीको कमाइले पक्की घर बनाउने अवस्था म सँग थिएन,’ नारायण राजवंशी ले भने, ’सरकारले बनाई दिन्छ कि भन्ने आश राख्दा राख्दै त्यो सपना पुरा हुन सकेन आज एक समाजसेवि दाताले घर बनाई दिन्छौ भन्दा अत्यन्तै खुसी लागेको छ , समाजसेवि दानविर दिनबन्धु ज्युलाई यस हाम्रो टोलको तर्फ बाट हृदयदेखि धन्यवाद दिन चाहन्छौ ।
नयाँ घर पाउने भएपछि राजो माझीका परिवार पनि हर्षित देखिएका छन् । राजोका परिवारमा छोरा बुहारी, दुई नाति नातिना मात्र छ ।
राजोका छोरा बिसन गाडी चालक हुन् । डेढ कट्ठा जमिनमा टिन र टाटीको बेराले घर बनाएर बस्दै आएका छन । माझी परिवारलाई पक्की घर बनाएर बस्ने सपना नभएको हैन । तर त्यो सपना आज आएर बल्ल पूरा हुँदैछ, बिसनले भने, गाडी चलाएर परिवारको छाक टार्न समेत धौ धौ छ, कहाँ बाट पैसा जुटाएर घर बनाउने तर आज समाजसेवि, उद्योगी दिनबन्धु गोयलले ज्यूको सहयोगले आज हाम्रो सपना पुरा हुदै छ ।
दानविर दिनबन्धुले नारायण र रोजालाई मात्र पक्की घर बनाई दिन लागेका होइन्न् ।




