Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

डुफकुमार बास्तोला विरुद्ध २ करोड ६० लाख ७६ हजार रकम भ्रष्टाचारको मुद्धा अख्तियारमा


२३ बैशाख २०७९, शुक्रबार १८:४९

 जिल्लाको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अध्यक्ष बास्तोला विरुद्ध गाउँपालिकाकै एक नागरिकले आर्थिक वर्ष २०७७/०७८ को प्रशासनिक खर्चमा अस्वभाविक रकम खर्च भएको भन्दै अख्तियारमा भ्रष्टाचारको मुद्धा दायर गरेका हुन् ।

बास्तोला गाउँपालिका अध्यक्ष भएपछि विभिन्न अनावश्यक शीर्षकमा रकम विनियोजन गरेका थिए । यत्ति मात्र होइन उनले एउटै शीर्षकमा करोडौं रकम विनियोजन गरेका छन् । आ. व. २०७७/०७८ प्रशासनिक (चालु) खर्च विवरणमा एकै शीर्षकमा ७ पटकसम्म रकम खर्च गरेको भन्दै अख्तियारमा मुद्धा दायर गरेको (नाम नखुलाउने शर्तमा) बताइएको छ । बास्तोला नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष समेत हुन् ।

हेर्नुहोस अख्तियारले अत्यन्त जरुरी/गोप्य पठाएको पत्र ।

आ.व. ०७७/०७८ को प्रशासनिक खर्च विवरणमा १ देखि ३७ वटा शीर्षकमा रकम विनियोजन गरिएको छ । तर, सवारी साधन लक्षित एकै शीर्षकमा ७ वटा शीर्षक बनाएर रकम विनियोजन र खर्च भएको गाउँपालिकामा उपलब्ध तथ्यांकमा देखिएको छ । प्रशासनिक (चालु) खर्च विवरण ०७७/०७८ को १ नम्बरमै सवारी साधन तथा मेसिन औजार भाडा शीर्षकमा ५ लाख रकम विनियोजन गरिएको थियो । जसमा ४ लाख ९९ हजार १ सय रकम खर्च भएको छ । त्यसैगरी ११ नम्बरमा इन्धन कार्यालय प्रयोजन शीर्षकमा २० लाख विनियोजन भएकोमा १५ लाख ९१ हजार ४ सय ६१ रुपैया खर्च भएको छ । १४ नम्बरमा इन्धन पदाधिकारी शीर्षकमा ८ लाख विनियोजन गरिएकोमा ७ लाख ८४ हजार ८२ रुपैयाँ खर्च, १७ नम्बरमा सवारी साधन मर्मत खर्चमा २५ लाख विनियोजन गरिएकोमा २१ लाख ३९ हजार ९ सय ४ रुपैयाँ खर्च, २७ नम्बरमा इन्धन अन्य प्रयोजनमा ५० हजार विनियोजन गरिएकोमा २१ हजार ३ सय रुपैयाँ खर्च, ३२ नम्बरमा सवारी साधन तथा मेसिनरी औजार भाडामा १५ लाख विनियोजन गरिएकोमा १२ लाख १४ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ । यत्तिमात्र होइन प्रशासनिक (पूजीगत) ०७७/०७८ बाट पनि पहिलो नम्बरमै सवारी साधन खरिद शीर्षकमा ३० लाख विनियोजन गरिएकोमा ५ लाख ५६ हजार ८ सय रकम खर्च गरिएको छ । त्यस्तै पूजीगतकै रकमबाट ३ नम्बरमा मेशिनरी तथा औजारमा १० लाख रकम विनियोजन गरिएकोमा ९ लाख ९९ हजार १ सय ८४ रुपैयाँ खर्च भएको छ ।

प्रशासनिक खर्च विवरणकै १० नम्बरमा भ्रमण खर्च ४० लाख विनियोजन गरिएकोमा ३९ लाख ८२ हजार ८ सय रुपैयाँ खर्च भएको छ । ९ नम्बरमा सञ्चार महशुलमा ७ लाख विनियोजन गरिएकोमा ६ लाख ७२ हजार ९३ रुपैया खर्च गरिएको छ । त्यस्तै २६ नम्बरमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्चमा २५ लाख विनियोजन गरिएकोमा २१ लाख ११ हजार ६ सय ११ रुपैयाँ खर्च भएको छ । ३१ नम्बरमा विविध खर्चमा ३५ लाख विनियोजन गरिएकोमा ३४ लाख ९९ हजार ३ सय ९० रुपैया खर्च भएको छ । विविध भनेको के हो ? यसरी विविध भनेर लाखौं रकम खर्च गर्दा यसको महालेखा परीक्षकले कसरी फर्यौट गर्छ होला ?

आ.व. ०७७/०७८ मा मात्रै अनावश्यक शीर्षकमा ४ करोड ८६ लाख ५२ हजार ३ सय ७३ रुपैया खर्च भएको छ । एक वर्षको अवधिमा मात्रै करिब ५ करोड रुपैयाँ अनावश्यक खर्च गरेको गाउँपालिकाको केहि कागजात अख्तियारले कब्जामा लिई अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवत्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले बताए ।

साभार सगरमाथा अनलाईन

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.