Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेचासल्यान गा.पा अध्यक्षमा धनजन राई र उपाध्यक्ष विना राईको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार २०:३५

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि धनजन राई र विना राईले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले प्रदेश सभा ‘क’ सभापति धनजन राईलाई अध्यक्ष र पत्रकार विना राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

धनजन २०७४ सालको निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार थिए । त्यसबखत नेकपा एमालेका उम्मेदवार डुफ कुमार बास्तोलासँग झिनो मतान्तरले पराजित भएका थिए । उपाध्यक्षका उम्मेदवार विना एक दशकदेखि पत्रकारितामा क्रियाशिल छिन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष समेत रहेकी उनी आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)की केन्द्रीय सदस्य समेत हुन् । उनी समाजसेवामा समेत क्रियाशिल थिइन् ।

अघिल्लो निर्वाचनमा नेचासल्यानको उपाध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी बनेको थियो ।

नेपाली कंग्रेस सोलुखुम्बु जिल्ला पार्टी सचिव प्रदेश क्षेत्रिय सभापतिका उम्मेदवार राई वि.सं. २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा हालसम्म लागिरहेका छन् । तत्कालिन सशस्त्र माओवादी द्धन्द्धकालमा पनि उनी गाउँमै बसेर कांग्रेसको राजनीति गरेका थिए ।

सोलुखुम्बु जिल्लाको दक्षिण पश्चिममा अवस्थित साविकको सल्यान गाउँ विकास समिति वडा नं. ७ रुगाँ (हाल नेचासल्यान १मा ) वि.सं. २०२३ सालमा उनी जन्मिएका थिए । उनको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो ।

बाल्यकालदेखिनै शालिन र शान्त स्वभावका राई अझैपनि उस्तै स्वरुपमा देखिन्छन् । किशोर अवस्थादेखिनै विभिन्न सामाजिक सेवामा समर्पित भएका उनी युवा अवस्थामा पुगेपछि राजनीतिमा आकर्षित भएका थिए । वि.सं. २०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका उनी एक वर्षपछि अर्थात वि.सं. २०४९ सालमा साविकको सल्यान गाउँ विकास समितिमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको उम्मेदवारी दिएका थिए । निर्वाचनमा उनले अत्याधिक मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्ष भएपछि उनले गरेको लोकप्रिय कामका कारण वि.सं. २०५४ सालमा पुन साविककै गाविसमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिए । उपाध्यक्ष हुँदा गरेको काम र अनुभवले अध्यक्ष पदमा पनि उनी अत्याधिक मतले चुनाव जिते । अध्यक्ष भएपछि उनले करिब १ वर्षजति मात्रै राम्रोसँग काम गर्न पाए । किनभने तत्कालिन समयमा सशस्त्र द्धन्द्ध गाउँगाउँमा फैलिरहेको थियो ।

उनी वि.सं. २०५५ सालमा नेपाली कांग्रेस सल्यान गाउँ पार्टीको सभापति भएका थिए । गाविसको उपाध्यक्ष र अध्यक्ष हुँदा गरेको लोकप्रिय कामले बचायो । जनताको दुःख, सुखमा साथ दिएकैले उनी जनताको प्रिय नेता भएर निर्धक्कसँग जनताकै माझमा गाउँमा बसिरहे ।

अहिले पनि उनी गाउँमै बसेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागिरहेका छन् । संगठन विस्तारमा कहिले महाकुलुङ त, कहिले माप्य, कहिले थुलुङ दुधकोशी त कहिले सदरमुकाम पुगेर निरन्तर पार्टी संगठनमा लागिरहेका छन् ।

उनी राजनीतिमा मात्रै होइन गाउँको विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय रुपमा सेवा गरिरहेका छन् । पदमा होस या नहोस उनी निरन्तर जनताको सेवामा लागिरहेकै छन् । ‘जनताको सेवा गर्न कुनै पद चाँहिदैन, मन भए पुग्छ

https://www.facebook.com/dhanjanrai9844/videos/407614201189010

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.