Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

पाटन उच्च अदालतको आदेशपछि चर्चित गीतकार दर्पण राई रिहा


२३ चैत्र २०७८, बुधबार २०:५९

झापा

बाउन्स चेकको उजुरी पछि पक्राउ परेका चर्चित गीतकार दर्पण राई रिहा भएका छन् । पाटन उच्च अदालतको आदेशपछि उनी विना सर्त मंगलबार रिहा भएका हुन् ।

आन्तरिब व्यवहार भएकाले उजुरीकतएसँग मिलापत्र गरेर रिहा भएको मोडल समेत रहेका गीतकार राईले बताए । रिहापछि दर्पणले आफूमाथि दुश्मनी लागेको बताए । ‘व्यवहारमा कहिलेकहीँ तलमाथि हुन्छ’ उनले भने, ‘तर, मैले कारोबार मिलाउँदै आएको थिएँ । त्यति हुँदाहुँदै पनि मलाई साथीभाईले फसाउन खोजे ।’ आफ्नो गल्ती नभएकै कारण अदालतले विनासर्त रिहा गर्न आदेश दिएको दर्पणको भनाइ छ ।

‘म माथि अन्याय भयो’ दर्पणले भने, ‘मलाई बाउन्स चेक प्रकरणमा पक्राउ गरिएको थियो । तर, म माथिको पक्राउ वैधानिक थिएन ।’ आफूलाई बैंकले समेत बाउन्स चेकबारे जानकारी नगराएको बताए ।

यदि चेक बाउन्स भएमा सम्बन्धीत बैंकले खातालाई जानकारी गर्नुपर्ने हुन्छ । र, तीन पटकसम्म जानकारी गराएर पनि बेवास्ता गरेमा मात्र भुक्तानी पाउने व्यक्ति वा संस्थाले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । तर, आफूलाई बैंकले कुनै जानकारी नगराएको गीतकार दर्पणले बताए ।

आफ्नो काममा व्यस्त रहेकै बेला अचानक आफूमाथि भएको षडयन्त्रप्रति गीतकार दर्पण राई दुखित भएका छन् ।
दर्पणबारे आएका समाचारहरुका अनुसार दर्पण राई ४८ लाखको चेक बाउन्स प्रकरणमा मुद्धामा पक्राउ परेका थिए । केही अनलाइनहरमा ‘ठगी आरोपमा दर्पण पक्राउ परे’ भन्ने शीर्षकमा समेत समाचार आएको थियो । त्यसप्रति दर्पणको गुनासो छ ।

‘मैले ठगी गरेको होइन, व्यवहार गर्दै जाँदा केही तलमाथि भएको हो’ दर्पणले भने, ‘तर, केही नजिकै साथीहरुले मलाई ठगीको आरोप लगाउँदै समाचार बनाए । त्यसप्रति मेरो चित्त बुझाइ छैन । यदि ठगी गरेको भए अदालतले मलाई किन सफाइ दिन्थ्यो ? मलाई ठगीको आरोप लगाउनेहरुलाई मेरो प्रश्न छ ।’

अदालतले न्याय दिएकामा उनले खुसीसमेत व्यक्त गरे । उनले भने, ‘आखिर न्यायलय भनेको न्यायालय नै रहेछ ।’ आफूलाई विना प्रमाण ठगीको भिल्ला भिराउनेहरुमाथि कानुनी उपचार खोज्नेसमेत दर्पणले बताए ।

अन्य नागरिक आवजमा रहेको भिडियो हेर्नुहोस

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.