Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेपाल टेलिकमले ल्यायो अटम अफर, १५ रुपैयाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने


३० आश्विन २०७७, शुक्रबार ०९:४७

काठमाडौं । नेपाल टेलिकमले ९० दिनका लागि अटम अफर उपलब्ध गराउने भएको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रूपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।

अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। यसअन्तर्गत तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपियाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ।

यी अफर खरिद गरेपछि सहुलियतस्वरूप १५ रुपियाँमा तीन दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जीबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिने छ।

टेलिकमले यसअघि ४० रुपियाँमा तीन दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकामा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइने जनाएको छ। त्यसैगरी १५ रुपियाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक, नाइट भ्वाइस प्याक र डे भ्वाइस प्याक पनि यथावत् राखिएको छ। त्यस्तै ‘वान डे डाटा प्याक’ ‘थ्रि डे डाटा प्याक’कोे भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको टेलिकमले जनाएको छ।

टेलिकमले दशैँ, तिहार र छठलाई लक्षित गरेर ल्याएको फेस्टिभल अफरमा जीएसएमरसीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रूपमा उपलब्ध गराइने पनि जनाएको छ।

अन्य अफरअन्तर्गत कात्तिक १ देखि नेपाल टेलिकम एप पहिलोपटक डाउनलोड गर्दा ५०० एमबी डाटा एकपटकका लागि निःशुल्क प्राप्त हुनेछ। यसअघि विद्यार्थीका लागि मात्र उपलब्ध रहेको ह्याप्पी लर्निङ प्याक अब सबै ग्राहकका लागि उपलब्ध हुनेछ। यो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिस आवश्यक पर्ने व्यवस्था हटाइएको नेपाल टेलिकमले जनाएको छ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.