नेपाली काँग्रेस पार्टीको हितको लागि जीवन समर्पण गर्दै आएका जेष्ठ नागरिकहरु लाई सम्मान
२०७८/१२/१९ गते सोलुखुम्बु जिल्ला नेचासल्यान गा.पा. नेपाली काँग्रेस गाउँ कार्य समितीले सोही गा.पा वार्ड नं – ३, मा अवस्थित चाँदनी हलमा गा.पा भरीका पार्टीमा हलचल नभई सँधै स्थिर रहि रहने जेष्ठ नागरिक महिला तथा पुरुष जेष्ठ नागरिकहरु लाई दोसल्ला ओडाई सम्मान एवम सम्मान पत्र हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा सभापतिको भुमिका सोही कार्य समितीका सभापति श्री नीर कुमार शर्मा कटेलले गर्न ुभएको थियो भने सो कार्यर्क्रमको प्रमुख अतिथिमा पुर्बमन्त्री तथा नेपाली काँग्रेस पार्टी केन्द्रीय सदस्य साथै कार्य सम्पादन सदस्य श्री बल बहादुर के.सीले गर्नु भएको थियो ।
सो कार्यक्रममा बिशिष्ठ अतिथिको भुमिकामा निबर्तमान नेपाली काँग्रेस जिल्ला पार्टी सभापति श्री बिनोद कुमार बस्नेत र नेपाली काँग्रेस पार्टी प्रदेश “क“ का सभापति श्री धनजन राई रहनु भएको थियो । उपस्थित कार्यक्रममा नेपाली काँग्रेस पार्टीको हितको लागि जीवन समर्पण गर्दै प्रत्यक्ष,अप्रत्यक्ष योगदान दिने अग्रज महिला तथा पुरुष अभिभाबकहरु धेरैको उपस्थिति रहेको थिया े। कार्यक्रममा सोही गा.पा का नेपाली काँग्रेस पार्टी शिक्षक संघका बुद्धिजिबी लगायत पार्टीका जनप्रतिनिधी हरुको बाकलो उपस्थिती रहेकोे थियो । हिजोको कार्यक्रम विशेष नेपाली काँग्रेस पार्टीका लागी ईतिहास बोकेर पार्टीको संरक्षण गर्दै आजको दिन सम्म उदाहरण कै रुपमा उभिरहनु भएको जेष्ठ नागरिकहरु लाई सम्मान रहेको थियो । केही बेर कार्यक्रममा छोटो छलफल आगामी बैशाख ३० गते हुन गईरहेको निर्बाचनको बारेमा पनि पार्टीले कसरी जिम्मेवारी र उत्तरदायित्व लाई होशियारी पुर्बक निश्चित उपयुक्त केन्द्रबिन्दुमा पुर्याउन सकिन्छ, भन्ने बिषयको बारेमा पनि रहेको थियो ।
कार्यक्रममा बोल्दै पुर्बमन्त्री तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य श्री बल बहादुर के.सि ले नेपाली काँग्रेस पार्टी र प्रजातन्त्रका लागि त्यागी नेता भनेर मुलुक भर चिनिने श्री गणेशमान सिँहले भन्नु भएको कुरालाई स्मरण गर्दै पार्टी भित्र अन्तर्घात भएमा, “ उपचार सफल, तर बिरामीको मृत्यु “, भन्ने शब्दको उदाहरण दिँदै उपस्थिती सबैमा प्रष्ट पार्दै सजक र चनाखो गराउनु भएको छ । कार्यक्रममा निवर्तमान नेपाली काँग्रेस पार्टी जिल्ला सभापति श्री बिनोद कुमार बस्नेतले बर्तमान सरकारले शिक्षकहरु लाई आस्थाको राजनिति गरेर जबरजस्ती दण्ड र सजाय दिएको आरोप समेत लगाउनु भयो। हिजोको कार्यक्रममा ने.क.पा. मावोबादी का नेपाल शिक्षक सँगठन जिल्ला सदस्य सम्म रहनुभएको शिक्षक श्री राममणी ढुङ्गानाले नेपाली काँग्रेस पार्टीको सिद्धान्त,कार्य शैली र पद्धती रुचाई आफ्नो रहँदै गरेको संगठनलाई परित्याग गरि नेपाली काँग्रेस पार्टीमा प्रबेश गर्नुभयो । कार्यक्रममा सम्मान गर्नुपर्ने जेष्ठ नागरिक महिला तथा पुरुषहरु अशक्त भई कार्यक्रममा उपस्थित हुन नसक्दै गरेको अवस्थामा पनि, सम्मानित जेष्ठ नागरिकहरुले पाँउनु पर्ने दोसल्ला र सम्मान पत्र, सम्मानितको संरक्षकलाई नै सम्मान गरि जिम्मा लगाईएको थियो । घर,घर जाँऔँ, काँग्रेस जिताऔँ, अभियान कार्यक्रमको समयलाई मध्य नजर गर्दै सम्मान कार्यक्रम लाई नेपाली काँग्रेस गा.पा कार्य समितिले भब्यताको साथ पूरा गरेको थियो..।

https://www.facebook.com/dhanjanrai9844/videos/531213251743493
