Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

जनकपुरको प्रादेशिक अस्पताल प्रदेशकै नमुना अस्पताल बन्दै


१६ चैत्र २०७८, बुधबार २२:५३

जनकपुरधाम । १५ चैत


केहि वर्ष अघि सम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर अहिले मधेश प्रदेशकै नमुना अस्पतालमा रुपमा पहिचान बनाएको छ ।
मधेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेको छ । विशेषज्ञ चिकित्स,वेडको चरम अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुदाँ अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर मधेश प्रदेश मातहत आएसँगै अस्पतालले दिने सेवा देखि सरसफाईमा व्यापक सुधार आएको सर्वसधारणको भनाई छ । प्रदेश सरकारले यसलाई ५ सय बेडको बनाउने निर्णय गरेपनि अहिले ४सय बडेको सेवा दिदै आएको छ ।

प्रादेशिक अस्पताल प्रदेश सरकार माहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुई देखि अढाई सय सम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सय सम्म दैनिक विरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रुपमा भन्न सकिन्छ ।
प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा.प्रमोद यादवले कार्याकालमा अस्पतालले करिव एक दर्जन थप सेवा अस्पतालले विस्तार गरेको छ । क्यान्सर ओपिडि सेवा सुरु, एनआईसी, आखाँ विभाग, न्युरो सर्जरी, युरोलोजि, नेट्रोलोजि लगायतका सेवा विस्तार गरेको छ । त्यसै समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरुसाहित गर्न अस्पतालमा वाईमेसिट्र हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए ।
सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माईकिङग लगायतका व्यवस्था गरिएको छ । ईमरजेन्सि सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउदै डा. यादवले भने,‘ पहिला इमरजेनिस सेवा प्रभावकारी थिए, कुनै विरामी ईमजेन्सिमा आउदाँ समानको अभावमा उपचारमा कठिनाई हुदै आएको थियो । तर अहिले ईमरजेन्सिमा १० वेडको एजडियु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधाए आएको छ ।’

समिति समयका लागि संचालन हुने ल्याब सेवालाई अहिले २४ औ घण्टा संचालन गरिरहेको उनले बताए । लामो समयदेखि लेष्क्रोकोपी मेसिन थनकाईएर राखिएको थियो । तर निर्वातमान मेसु यादवकै पलामा उक्त मेसिन संचालनमा आएको छ । त्यसैगरि, गम्भिर प्राकृतिका शल्यक्रियाका गर्नका लागि ३ वटा मोडुलर ओटि कक्ष संचालनमा ल्याइएको छ भने दिउँसो ३ वजे ५ वजे स्टेण्डर हेल्ड सर्भिस सेवा दिदै आएको छ । यसले विभिन्न जिल्लाहरुबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मदत पुगेको नि.मेसु यादवले बताए ।

कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अस्जिनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाई हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए । निटक भविष्यमा एमआरआई मेसिन,क्याथ ल्याब संचालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए । विरामी तथा कुरुवालाई ओहदोहर गर्न केहि दिनमै दुई स्थानमा लिफ्ट लगाईने उनले बताए ।

अस्पतालमा निकिने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको डा.मेसु यादवले बताए ।
प्रदेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउदै निवर्तमान मेसु यादवले भने,‘ मेलै आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौ । यसमा प्रदेश प्रदेशका सरकारमा समाजिक विकास मन्त्री नवल किशोर साह ज्यु ठुलो योगदान छ । यो अस्पताललाई प्रदेश स्तरको बनाउनमा प्रदेश सरकार सक्रियता पुर्वक लागेको छ ।’ प्रतिष्ठानमा मेसु राख्ने प्रवधान नरहेकोले आफु एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रहने उनले बताए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.