चुनाबकै लहरमा पूर्व राजा ज्ञानेन्द्र शाह झापामा, विमानस्थलमा भव्य स्वागत भिडियो रिर्पोट
पूर्व राज ज्ञानेन्द्र शाहा दम्पती सहित झापा आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह बुद्ध एयरको जहाजबाट शुक्रबार बिहान ११ बजे झापा आएका हुन् ।
झापा आएका पूर्व राज दम्पतीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरेका थिए । स्वागतको क्रममा शुभचिन्तक समर्थकहरुले राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश लगायतका नाराबाजी समेत गरेका थिए ।
स्वागत पश्चात् पूर्व राज ज्ञानेन्द्र शाहा दम्पती सहित आफैले सवारी चलाई दमकस्थित हिमालयन टी स्टेटको मिनी दरबारतर्फ प्रस्थान गर्नु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए सँगै पूर्व राजा ज्ञानेन्द्र शाहा झापा आएकोले शाहाको पूर्व भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
राप्रपाको पकड जिल्ला मानिएकोले पूर्व राजा ज्ञानेन्द्र दमक बसोबासको क्रममा राजनीतिक व्यक्तिहरूसँग भेटघाटलाई विशेष महत्पुर्ण रुपमा हेरिनेछ ।
पूर्व राज झापामा एक महिना सम्म बस्ने कार्यक्रम रहेको राप्रपका केहि शुभचिन्तकहरुको भनाई रहेको छ । सो अवधिमा पूर्व राज दम्पती विभिन्न व्यक्तिहरूसँग भेटघाट र पूर्वका धार्मिक स्थल तथा मन्दिरहरूको दर्शन गर्ने कार्यक्रम रहेको उनले बताइन् ।
भिडियो रिर्पोट
