Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

भद्रपुर भन्सारले अधिग्रहण गरेको जग्गा धनीहरू आन्दोलित कार्यलयमा ताला लगाउने चेतावनी


१३ माघ २०७८, बिहीबार २०:१२

भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहण गरेको १५ महिना बितिसके पनि प्रभावितहरूले मुआब्जा नपाएको भन्दै संघर्ष समिति गठन गरी न्यायका लागि पिडितहरु आन्दोलनमा उत्रिएका छन् । लगभग ९ विगाह क्षेत्रफलमा फैलिएको सो जग्गामा ३० परिवारहरु वसोबास गर्दै आईरहेका छन् । १०६, कित्ता नम्बरी जग्गा रोक्का राखेर सरकारले अघोषित सुकुम्बासी बनाएको भन्दै स्थानीय संघर्ष समिति गठन गरेर न्यायको लडाइमा पिडितहरु उत्रिएका हुन् ।


भन्सार कार्यालयले कार्यालय प्रयोजनका लागि सो स्थानको जग्गा अधिग्रहण गर्ने भनी २०७७ साउन २७, गते राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरमा जग्गा रोक्का आदेश गराएको थियो ।
जग्गा रोक्का राखेको डेढ वर्ष बितिसक्दा समेत जग्गाधनीहरूले समयमा मुआब्जा नपाएपछि भद्रपुर नगरपालिका वडा नं. ५, का वडा अध्यक्ष बन्धु कार्कीको संयोजकत्वमा संर्घष समिति गठन गरेर आन्दोलन सुरू गरिएको हो ।


भद्रपुर भन्सार उत्तरपट्टि भेला भएर स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पीडित जग्गाधनी र सरोकारवाला पक्षको सर्वपक्षीय भेलाले संर्घष समितिको सदस्य सचिवमा बुद्धिमान लिम्बु (माओवादी केन्द्र) र सदस्यहरूमा गणेशप्रसाद अधिकारी (एमाले), देवकुमार घिमिरे (राप्रपा), सीतादेवी न्यौपाने (माओवादी केन्द्र), हरि बस्नेत (नेपाली काँग्रेस) रहने गरी समिति निर्माण गरेका छन् ।
त्यस्तै पीडितका तर्फबाट सदस्यहरूमा निर्मला पाठक, तुलाराम हलुवाई, सृजना पाण्डे, गजेन्द्र सिंह राजपूत, रमेश झा, अनिल सहनी, आशा पण्डित लगायत रहेका छन् । गठित संर्घष समितिले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको ढिलासुस्तीबाट अन्यायमा परेका भन्सार पीडितलाई न्याय प्राप्त नभएसम्म विभिन्न चरणमा संर्घष गर्ने सामुहिक प्रतिबद्धता सार्वजनिक गरिएको छ ।


संघर्ष समितिका संयोजक बन्धु कार्कीको अध्यक्षतामा सम्पन्न धारणा सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, राप्रपाका नवराज पनेरू राजु र नेकपा माओवादी केन्द्रका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुआब्जा पीडितलाई न्याय दिलाउन ऐक्यबद्धता जनाउँदै छिटोभन्दा छिटो समस्या हल गर्न पहल गर्ने जनाएका छन् ।
भन्सारले लिने जग्गाको विषयमा पटक–पटक पीडित पक्ष र जग्गाधनीहरूले मालपोत कार्यलय सिडियो कार्यलय नगरपालिकामा समेत ज्ञापनपत्र र घेराउ लगायतका कार्यक्रम गरिसक्दा पनि हालसम्म सरकारी पक्षबाट केहि सुनुवाई नभएको र मुआब्जा वितरण प्रक्रिया अघि नबढ्दा सर्वपक्षीय भेलाले संर्घष समिति गठन गर्नु परेको समितिका सदस्य सचिव बुद्धिमान लिम्बूले जानकारी दिनुभयो ।


सरकारले २०७५ भदौ १ गतेदेखि भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति गर्दै मूल भन्सारमा परिणत गरेको थियो । छोटी भन्सारका रूपमा रहेको भद्रपुर भन्सार मूल भन्सार कार्यालयमा परिणत भएपछि हाल रहेको जग्गाले कार्यालय सञ्चालन लगायतका संरचना अभाव हुने देखिएपछि भन्सार कार्यालयलाई उत्तर पट्टी रहेको स्थानीयको नम्बरी जग्गामा भवन बनाएर कार्यालय सार्न सरकारले २०७६ बैशाख १७ गते जग्गा अधिग्रहण गर्न सक्ने अधिकार सहित निर्णय गरेको थियो ।
सरकारले गरेको निर्णय भन्दा झन्डै १५ महिनापछि तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले जग्गा अधिग्रहण मूल्याङ्कन उपसमिति गठन गरी प्रक्रिया अघि बढाएको थियो । उपसमितिले जग्गाको छनौट गरी स्थानीयको जम्मा १०६ वटा कित्तामा रहेको करिब ९ विगहा जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको थियो ।


त्यसपछि सूचना निकालेर मालपोतमा जग्गा रोक्का राखियो । सो जग्गामा ३० घर परिवार बसोबास गर्दै आइरहेका छन् । केही जग्गा खेती योग्य र केही जमिनमा घर रहेको छ । सो जग्गा अधिग्रहणका लागि सरकारले दुई वर्षअघि नै एक करोड बजेट छुट्टाइसकेको थियो । पछिल्लो समयमा भद्रपुर भन्सार कार्यालय प्रमुख विहीन भएपछि मुआब्जा समस्या अगाडि बढ्न सकेको छैन भने त्यहाँ बसोवास गर्ने नागरिकले घर मर्मत सम्भार समेत गर्न पाएका छैनन्।


भन्सारले तत्काल अधिग्रहण गरेर लैजाने तयारी गरेपछि कतिपयले अन्यत्र जग्गा खरीदका लागि वैना समेत गरिसकेकोले हाल सो जग्गाको व्यवहार नै अन्योलमा परेको पीडितहरुले बताएका छन् । बर्षयामको समयमा घर चुहिएर बसि नसक्नु हुन्छ न भन्सार कार्यलयले घर छाउन दिन्छ न मुआब्जा नै दिन्छ पटक पटक भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठलाई पिडित पक्षले आफनो गुनासो सुनाई रहदा पनि वेवस्था गरेको पिडित पक्षहरुको भनाई छ । अब पनि हाम्रो पिडा लाई नबुझने हो भने भद्रपुर भन्सार कार्यलय नै तालाबन्दि गर्ने पिडित पक्षहरुले आक्रोशव्यक्त गरेका छन । आफूहरूलाई भन्सारले घर न घाटको वनाएको बताउने उनीहरूप्रति सम्वेदनशील हुँदै संघर्ष समितिका सदस्य सचिव बुद्धिमान लिम्बूले भन्सार कार्यालयले स्थानीय नागरिकलाई कृतिम सुकुम्बासी बनाएको आरोप लगाउनुभयो ।

हेर्नुहोस भिडियो

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.