नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड भन्दा बढीको रकम मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नागरिक लगानी कोषले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १२ अर्ब ५६ करोड ३ लाख रुपैयाँ बराबरको रकम निक्षेपमा लगानी गर्न लागेको हो ।
कोषले एकदेखि दुई वर्ष अवधिका लागि उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंकमा मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी कार्तिक २ गते आइतारबार दिउँसो ४ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन सक्नेछन् भने २०७७ कार्तिक १८ गते भुक्तानी म्याद सम्माप्त हुने जनाएको छ ।
Facebook Comments Box
