सिभिल बैंकको लिलामी शेयरमा आवेदन दिने समय थप
काठमाडौं । सिभिल बैंकको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ । बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरेर गरेको हो ।
यसअघि बैंकले असोज ३० गते सम्म लिलामी भर्ने समय निधारण गरेको थियो भने अब मंसिर २ गतेसम्म आवेदन दिने म्याद थप गरेको छ ।
बैंकले असोज १६ गतेबाट लिलामी खुला गरेको हो यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।
Facebook Comments Box
