गीतकार मंगल राईको ‘गाईघाट बजार २’ म्युजिक भिडियो सार्वजनिक
समाजसेवि, गीतकार मंगल राईको ‘गाईघाट बजार २’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गितको रचनकार मंगल राई हुन । विशेष गरि गाँउ घरको परिवेश लाई समेटेर पुर्वेली गितहरुमा राम्रै कलम चलाउदै आई रहेका छन मंगल राई
गितकार मंगल राई हाल प्रदेशी भुमिमा रहेरता पनि नेपाली गित संगित लाई माया गर्दै नेपाली पुर्वेली गित संगित लाई उच्च स्थानमा पु¥याउन लागि परेका छन । आफनै गाँउ घरको मौलीकता झल्कने गितहरु बेला बखत बजारमा पस्कदै आउनु भएको छ ।
रचनकार मंगल राईले गित संगितको दुनियाँमा एउटा ठुलो इट्टा थप्ने काम गर्दै आई रहेका छन । यस गित र म्युजिक भिडियाले विशेष गरी उदयपुर जिल्ला र गाँईघाट बजारमा भएका कुराहरुलाई समेटिएको छ । आफनै मौलिक पहिचान लाई यस म्युजिक भिडियोमा देखाइन खोजिएको छ ।
मंगल राईको शब्द रहेको छ भने यस शब्द लाई संगीतबद्ध गरेका हुन् गायक तथा संगितकार निकेश राईले यस गितमा स्वर भरेका छन गायक गायिका विनोद दनुवार, सुनिता थेगिम विजय राई, मनमा वि राईको रहेको छ । यस भिडियोमा मुख्य पात्र नायक नायिकाको रुपमा चर्चीत हाँस्यकलाकार मोडल उमेश राई (फुलन्देकी आमा) अनुसा राई दुर्गा बान्तावा सिता राईले अभिनय गरेका छन् । भने यसै भिडियो लाई छाँयाङकन गरेका हुन दुर्गा बान्तावा मनोज राईले भने गाईघाट बजार २ Sumnima Paruhang Music Pvt.Ltd युटुब च्यानल बाट सार्वजनिक गरिएको छ ।
गीतकार राईले ‘मायाको ओखत’, साकेला गीत ‘शीरको फेटा’, ‘चाहिदैन धन सम्पति’, ‘तुवाचुङ डाडा’, ‘जन्मदिने आमा’, ‘गाईधाट बजार’ लगायका चर्चित गीत लेखेका सर्जक राईले आज “गाईधाट बजार-२” मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि विच एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका हुन्।
