नगर सभापति पदमा उम्मेदवारी दिने बन्धु कार्की को घोषणा
नेपाली कांग्रेस भद्रपुर वडा नं ५ का वडा अध्यक्ष समाजसेवि बन्धु कार्कीले नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विकाश प्रेमी बन्धु कार्की भन्छन ’एक व्यक्ति एक पदमा बस्नु पर्छ, र अरु सक्रिय नेपाली कांग्रेसका व्यतिहरुले पनि मौका पाउनु पर्छ’ भन्ने मुल नाराका साथ वडा अध्यक्ष कार्कीले नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
सभापतिका दाबेदार बन्धु कार्की हाल भद्रपुर वडा नं ५ का अध्यक्ष पनि हुन । २0७४ सालको स्थानीय तहको चुनाबमा कांग्रेसको प्रतिन्धित्व गर्दै कार्कीले वडा अध्यक्ष जितेका थिए भने ०६२/६३ को दोस्रो जनआन्दोलनको क्रममा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए
साबिक भद्रपुर वडा नं. ३ का वडा सभापति भएर ३ बर्षको कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन् । भने समायोजन पश्चात् वढा नं.५ भएपछि उनी वडाका उपसभापति भए ।
बन्धु कार्की भन्छन पार्टीलाई वैचारिक सिद्धान्तका साथ अघि बढाउन मैले नगर सभापतिमा उम्मेदवारी दिन लागेको बताए । ’भद्रपुरमा कांग्रेसको राम्रो पकड हुँदा हुँदै पनि अहिलेसम्म स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्था कमजोर देखिएको छ,’ उनले भने, ‘नगर सभापति भएमा पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुका साथै स्थानीय तहको निर्वाचनमा मेयर सहित सबै पदाधिकारीलाई विजयी गराउने मेरो मुख्य लक्ष्य रहेको छ ।
भिडियो हेर्नु होला
