विर्तामोडको गायक तथा गितारिस्ट राजु चौधरी बचाउ अभियानको लागि यसरी सहयोग रकम उठाउदै भिडियो सहित
राजु चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । सानै देखि गित संगितमा लगाब राख्ने कलाकार चौधरीको सपना छताछुल्ल भएको छ । विर्तामोडको उदायमान कलाकार राजु चौधरी अहिले बोनम्यारो कयानसरले ग्रसीत छन । राजु चौधरीको उपचारको लागि नेप्लिज टिन्स परिवार द्धारा विर्तामोडको हनुमान कम्प्लेक्स अगाडि सांगितिक कार्यक्रम गरी पिडित राजु चौधरी लाई उपचारको लागि सहयोग रकम संकलन गरेका हुन ।
केहि समय देखि चौधरी बोनम्यारो क्यान्सर जस्तो प्राण घातक रोगले ग्रसित छन । राजु चौधरी बचाउ अभियानको लागि अहिले झापाको मुख्य मुख्य सहरमा सांगितीक कार्यक्रम गरी डोनेसन बक्स बोकेर रकम संकलन गर्दै आईरहेका छन । नेपिल्ज टिन्स परिवारका एक कार्यक्रम संयोजकको भनाई अनुसार चौधरीको उपचारमा धेरै रकम लाग्ने भएको कारणले यो कार्यक्रम गरिएको हो । यि सबै रकम चौधरीको खातामा राखिदिने बताएका छन । सहयोगी भावनाको कदर गर्दै अहिले सामाजिक सञ्जालमा उनको निकै प्रशंसा सँगै चर्चा चुलिएको छ । राजु चौधरी बचाउ अभियानमा धेरैले राजु चौधरीको उपचारको लागि सहयोग गरेको पनि यो दृष्यमा देख्न सकिन्छ ।
चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । अहिले उनको काठमाडौँमा उपचार भइरहेको छ । राजु चौधरी’ अभियानका सदस्य तथा ब्यान्डका गायक विशाल अग्रवालका अनुसार र उपचाररत चौधरीलाई आवश्यक परेको बेलामा उक्त रकम सहयोग गर्ने बताएका छन ।
चौधरीको दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको बेला स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर वि एण्ड सि अस्पताल बाट रेफर गरि अहिले काठमाण्डौको हस्पिटलमा रेफर गरिएको हो हाल चौधरीको काठमाडौंमा उपचार भइरहेको छ ।
राजु चौधरी अहिले आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको जानकारी प्राप्त भएको छ । चौधरीका पारिवारिक स्थिति निकै कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकारले अपिल गरेका छन् ।
यसै क्रममा २४ घण्टाभित्र अनुप्रष्ट ब्यान्डले २ लाख १७ हजार ८७४ रुपैयाँ सहयोग जुटाएको छ । सहयोग अपिलकै क्रममा व्यान्डका भोकलिस्ट निरान शाहीले उक्त रकम जुटाएका हुन् ।
यस्तै, विद्रोही रक स्टारका नामले चिनिएका द स्याडोज नेपालका गायक स्वप्निल शर्माले पनि उनलाई सहयोग गरिदिन याचना गरेका छन् । ‘हामी सबै एकजुट होऔं र उनलाई सहयोग गरौं,’ उनले लेखेका छन् ।
साथै, श्री ३ ब्यान्डका गायक तथा गितारिस्ट शरद श्रेष्ठले पनि उनलाई सहयोग गर्न फेसबुकमा पोस्ट गरेका छन् । यस्तै, एएसएम ब्यान्डका गायक अभिषेक शंकर मिश्राले पनि राजुलाई सहयोग गरिदिन सबैमाझ आग्रह गरेका छन् ।
चौधरी आवद्ध रेडियम ब्यान्डका विशालसँगै प्रकाश लिङदेन, राहुल शर्मा, विकास गिरी, रमेश चौधरी, जेनिथ प्रसाई र प्रज्ज्वल तिम्सिनालगायत सिंगो टिम नै सहयोग जुटाउन अहोरात्र खटिराखको छ ।
रेडियम व्यान्डका सदस्यहरुले सहयोगको अपिल गरेपछि बिर्तामोड ५ का किरण पौडेलले ५० हजार दिँदै सहयोगको सुरुवात गरेका थिए । यस्तै, चारआलीका व्यवसायी फूर्वा लामाले जन्मदिनको अवसरमा ५० हजार दिने घोषणा गरेको अग्रवालले जानकारी दिए ।
सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।
भिडियो हेर्नुहोला ।
