प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको होईन- शेरधन राई
प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताएका छन् ।
मुख्यमन्त्री राईले बिहीबार राजीनामा दिएकाले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको दाबी गरेका छन् ।
‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला । तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु ।’ राईले भने ।
पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको बताउँदै उनले साढे तीन वर्ष सन्तोष जनक काम गरेको जानकारी गराए ।
प्रदेश सरकारले सुरु गरेका योजनाहरुको प्रतिफल केही वर्षपछि देखिने उनको जोड छ ।
उनले प्रदेश सरकारले निर्माण सुरु गरेका सडक पुल र विकासका अन्य कार्यक्रम निर्माणधिन अवस्थामा चलिरहेको बताए ।
‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन । हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’ राईले भने ।
हामीले थालेका कामहरु सम्पन्न हुँदै गर्दा प्रदेशले विकासमा बेग्लै खालको उचाई प्राप्त गर्नेछ।
साढे तीन वर्षको कार्यकालमा प्रदेशको नाम राख्ने प्रयास गरेपनि नसकेको कुनै पछुतो नभएको बताए ।
प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै उनले सरकारको भएको भनेर पन्छिएका थिए ।
