Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८३ वर्ष को उमेरमा निधन


२३ बैशाख २०७८, बिहीबार १५:१८

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आज बिहीबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्युरो अस्पताल भर्ना गरिएको थियो ।

निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले आफनो फेसबुकमार्फत जानकारी गराएका थिए। वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको पछिल्लो कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।


वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ । संगीतकार एवं गायक प्रधानको चर्चित गितहरु घुम्तीमा नआऊ है, तिमीलाई अचेल कहाँ देखुँ लगायत थुप्रै लोकप्रिय गीतहरु छन् ।


नेपाली गित सांगितिक क्षेत्रमा विशिष्ठ स्थान ओगटन सफल गायक प्रेमध्वज प्रधान ८३ वर्ष को उमेरमा उनको निधन भएको हो । संगीतकार एवं गायक प्रेमध्वज प्रधानले नेपाली चलचित्रमा समेत आफनो स्वर भरेका थिए उनले नेपाली चलचित्रमा पनि राम्रौ छवि बनाएका थिए संगीतकार एवं गायक प्रेमध्वज प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गायका थिए ।

के सुन्दैछु म ..खबर झुटो होस,नत्र आज संगीतको कालो दिन ..’
– राजेश पायल राई, गायक

‘स्तब्ध छु! कसरी भन्नु नेपाली संगीतकाे हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिकरुपमा अब हामी बीच रहनु भएन! फेरि पनि सत्य यही हो। प्रेमध्वज दाइमा हार्दिक श्रध्दाञ्जली! भाउजुसहित शोक- सन्तप्त परिवारजनमा हार्दिक समवेदना !’
– दिनेश अधिकारी, गीतकार

‘Golden Voice को उपनामले चर्चित मीठो स्वरका धनी आदरणीय वरिष्ठ गायक एवं मेरो मित्र Prasanna Dhoj Pradhan का पुजनिय पिता प्रेमध्वज प्रधानको असामयिक निधनको खबरले सिङ्गो देशलगायत सम्पुर्ण नेपाली संगित जगत र संगित प्रेमीहरुलाई अत्यन्तै दु:खीत बनार्को छ । उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी भगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्दछु ।’
– सञ्जय श्रेष्ठ, गायक

‘सांगीतिक  क्षेत्रले एउटा ईतिहास गुमाएको छ । अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानकाे स्वर्ग महा-प्रस्थानकाे खवर सुन्नमा आएको छ । दाइ यहाँको बैकुण्ठ बाँस होस ।’
– विपिन किरण, गीतकार

‘अमर श्रस्टा, नेपाली संगीतका धरोहर आदरणिय प्रेमध्वज प्रधान ज्यु प्रति हार्दिक श्राद्धासुमन’
– वसन्त सापकाेटा, संगीतकार

‘निशब्द…. कस्तो दिन रहेछ आज… नेपाली संगीत जगत मा अपूरणीय क्षति …. खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे ! Golden voice of Nepal हार्दिक श्रद्धांजली ।’
– प्रमोद खरेल ,गायक

‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्धेय प्रेमध्वज प्रधानज्यूको निधनको खबरले अति नै दुःखी बनायो उहाँकाे आत्माको चिरशान्तिको कामना गर्दछु ।’
– अर्जुन पाेखरेल, संगीतकार

‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानकाे स्वर्ग महाप्रस्थानकाे खबर आयो । उहाँकाे अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रहि नियमानुशार सहभागी भैदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत सँगीत सम्वन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारी ज्युहरुलाई सुन्धारा स्थित न्युराे हष्पिटलमा सहभागी भैदिनु हुन विनम्र अनुराेध गर्दछु।’
– लक्ष्मण शेष, संगीतकार

‘घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरीलगायत दर्जनौ कालजयी अजर नेपाली गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक, नेपाली संगीतका अग्रज धरोहर, कालजयी मखमली स्वरका बादशाह, आदरणिय प्रेम्ध्वज प्रधान ज्यु अब भौतिक रुपमा हामी माँझ रहनु भएन | उँहाको आत्माको स्वर्गमा वास होस हार्दिक श्र्दान्जली अर्पण गर्दछु | शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति दियुन हार्दिक समवेदना !’
– शिव परियार,गायक

‘अत्यन्त दुखद …अमर श्रस्टा नेपाली संगीतका धरोहर आदरणिय प्रेमध्वज प्रधानज्यु प्रति हार्दिक श्राद्धासुमन !’
– रुपक डाेटेल,गायक

‘भावपुर्ण हार्दिक श्रदांञ्जली! प्रेमध्वज प्रधान दाई… घुम्तिमा नआउँ है मायालु, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरीलगायत दर्जनौ कालजयी नेपाली गीतका गायक, नेपाली चलचित्रका पहिलो नेपाली पार्श्वगायक, नेपाली संगीतका अग्रज धरोहर ,कालजयी मखमलि स्वरका बादशाह, प्रेम्ध्वज प्रधान दाई अब भौतिक रुपमा हामि माँझ रहनु भएन | उँहाको स्वर्गमा वास होस र शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन्…’
– बद्री पंगेनी, लाेकगायक

घुम्तिमा नआउ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गार्हो हुन्छ फूकाउन ! अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधान ज्युको निधनको खबरले अतिनै दुःखी बनायो उहाँकाे आत्माको चिरशान्तिको कामना गर्दछु । गजित बिस्त ,कलाकार घुम्तीमा नआउ है ….टाढा भै गयौ फेरि ….. हार्दिक श्रद्धाञ्जली अमर गायक प्रेमध्वज प्रधान ज्यु’
– राम कार्की संगीतकार

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.