Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

डलर साट्ने बहानामा विभिन्न व्यक्तिलाई ठगी गर्ने गिरोहका नाइके पक्राउ


२३ आश्विन २०७७, शुक्रबार १६:१३

भक्तपुर । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर चार लाख लुटेर भागेका खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।

यही असोज २० गते नै घट्नामा संलग्न रहेकामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका ३१ वर्षीय धनबहादुर भण्डारी र लुटेरा समूहलाई डलर उपलब्ध गराउने ट्याक्सी चालक सञ्चबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले खड्काको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत ठिमी र अपराध अनुसन्धान महाशाखाको टोलीले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडिबाट उनी सवार लु.६४प. ३४०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा यही असोज २० गते लुटेको पैसाले २१ गते बौद्धस्थित बजाजको सोरुमबाट तीन लाख २७ हजारमा नयाँ मोटरसाइकल किनेर खड्का बाह्रबिसे आफ्नो गाउँ पुगेर भोज खुवाएर फर्किएको खुलेको बताइएको छ ।

असोज १३ गते कमलविनायक बसपार्कमा रमेश बराइलीबाट लुटेको पाँच लाखमध्ये खड्काले दुई लाख लिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनकोे साथबाट २० हजार बरामद गरेको छ । लुटेरा समूहका यज्ञबहादुर भण्डारी भने अझै फरार रहेकाले प्रहरीको खोजी जारी छ ।

यही असोज ८ गते बालकोटस्थित रोज भिलेज अगाडि डलर देखाएर गोरखाका सुदर्शन थापाबाट पाँच लाख लुटपाट गर्ने बाह्रबिसे नगरपालिका–४ घर भई भक्तपुर व्यासी बस्ने राकेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कागजको व्याण्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बण्डल दिएर नेपाली पैसा लिएर फरार हुने गिरोहका १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिले पक्राउ गरेको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.