Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

सञ्चार क्षेत्रको गरिमा माथि उठाउन समन्वय गर्ने संचारमन्त्री गुरुङको प्रतिवद्धता


२९ आश्विन २०७७, बिहीबार १०:१८

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले सूचना र सञ्चार क्षेत्रको समस्या पहिचान गरी त्यसको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबार पलवाहाली गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित बनाउन, सञ्चार क्षेत्रको गरिमा माथि उठाउन र सरकारले गरेका कामलाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले सञ्चार र सूचना प्रणालीलाई छिटो र व्यवस्थित बनाउने पनि बताए । सञ्चार मन्त्रालयले मात्र नभई सबै मन्त्रालयका प्रवक्ताहरुले मन्त्रालयहरुले गर्ने विकास तथा कार्यक्रमबारे सही सूचना समयमै सम्प्रेषण गर्नुपर्ने मन्त्री गुरुङले बताए । सञ्चार मन्त्रालयमा भएका चुनौतीहरुलाई सहज रुपमा समाधान गर्न आफू सक्षम रहेको मन्त्री गुरुङको भनाइ छ ।

सञ्चार जगतका कमीकमजोरी तथा अभ्यासलाई पहिचान गरी त्यसको अन्त्यका लागि आफूले गरेका हरेक कामको एकसय दिनमा औपचारिक जानकारी गराउने पनि मन्त्री गुरुङले बताए । आफूले कुनै गलत कार्य नगर्ने र कुनै पनि सञ्चारमाध्यमले गलत गरेमा उक्त कुरा पनि मान्य नहुने उनले बताए ।

कोभिड १९ को महामारीको समयमा इन्टरनेटको माध्यमबाट बालबालिकाको अध्ययनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिदै मन्त्री गुरुङले मन्त्रालयमा भएका गलत कार्यलाई पनि आफूले सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । पदवाहाली गर्दै मन्त्री गुरुङले बिहीबार नै दूरसञ्चार नीति ,साइबर सुरक्षा नीति, सूचना प्रविधि नीति बनाउन कार्यदल गठन गरेका छन् ।

नेपालमा सबै भू–भागमा इन्टरनेट र टेलिफोन सेवा पुर्याउन अप्टिकल फाइबरको सेवा विस्तार गर्न प्रक्रिया अघि बढाइएको सञ्चार सचिव हरि प्रसाद बस्यालले बताए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.