Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

खुवालुङलाई चलाउने वा फुटाउने योजना आए प्रदेश १ का प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहहरुलाई निर्देशन दिइएको समेत बताए । मुख्यमन्त्री शेरधन राई भिडियो सहित


२५ फाल्गुन २०७७, मंगलवार ०९:१८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हालसम्म कुनै पनि सरकारी निकायबाट औपचारिक रुपमा खुवालुङलाई फुटाउने निर्णय नभएको बताएका छन् ।

उनले कही कतै बाट खुवालुङलाई चलाउने वा फुटाउने योजना आए त्यसलाई रोकेर आफूलाई सम्पर्क गर्न प्रदेश १ का प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहहरुलाई निर्देशन दिइएको समेत बताए ।

सोमबार किरात राई यायोक्खाले अरुण, तमोर र दुधकोशीको त्रिवेणीमा रहेको खुवालुङ (नदीको बिच भागमा रहेको ठूलो ढुंगो)लाई संरक्षण गर्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन–पत्र बुझाएपछि मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

मैले बुझ्दा औपचारिक निकायबाट निर्देशन गरेर त्यो ढुंगालाई फोर्ने खालको कुनै तथ्य पाइएन,’ मुख्यमन्त्री राईले भने, ‘के भएको रहेछ भने निजी क्षेत्रको साथीहरुले केही योजना बनाएर प्रधानमन्त्रीलाई त्यो क्षेत्रमा भिजिट गराउने र प्रधानमन्त्रीलाई भिजिट गराउनुअघि त्यो ढुंगा फोर्नुपर्छ भन्ने कुराकानी भएको रहेछ । त्यो थाहा पाएपछि मैले प्रधानमन्त्रीको भिजिट रोक्न लगाए । त्यसपछि मैले सिडिओहरुलाई र सबै निकायहरुलाई अहिले कहीकतैबाट त्यो ढुंगा चलाउने, फोड्ने, नष्ट गर्ने योजना आयो भने त्यसलाई रोक्नुस् र मलाई सम्पर्क गर्नुस् भनेको छु ।’

उनले भने, ‘एकचोटि म सहित तपाईं हामी त्यो क्षेत्रको भिजिटमा जाऊ र हेरौ, त्यो क्षेत्रको अध्ययन गरेर विकल्पहरु के के हुन सक्छन् ? त्यसलाई संरक्षण गरेर पनि ठूला जहाजहरु चलाउन मिल्ने विकल्पहरु के के छन् ? हेरेर प्राविधिक अध्ययन गरौ, त्यसपछि हामी प्रदेश सरकारले धारणा बनाउँछौ अनि प्रदेश सरकारले बनाएको धारणाअनुसार संघीय सरकारसँग कुराकानी गरेर संरक्षण गर्ने कुरामा लागौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ८ गते विराटनगरमा आयोजित आफ्नाे समूहको आमसभामा खुवालुङलाई लक्षित गर्दै उक्त ढुंगो क्रेनले फुटाएर जेटबोट चलाउन नदीको बाटो क्लियर गर्ने बताएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति किरात समुदायका अगुवाहरुले आपत्ति जनाइरहेको बेला यायोक्खाको टोलीले सोमबार काठमाडौंमा रहेका मुख्यमन्त्री राईलाई भेटेर ज्ञापन–पत्र बुझाएको हो ।

‘प्रधानमन्त्री ओली निकट मानिने मुख्यमन्त्री राईले एकचोटि यायोक्खा लगायत सरोकारवालाहरुको संयुक्त टोलीले खुवालुङ क्षेत्र घुम्ने र त्यसलाई बचाउने गरी विकल्प खोजेर अघि बढ्ने प्रस्ताव समेत गरे ।

सो अवसरमा यायोक्खाका अध्यक्ष राईले आफूहरुले तीन वर्षदेखि नै खुवालुङको संरक्षण र विकास गर्ने गरी काम गरिरहेको भन्दै मुख्यमन्त्री राईलाई हालसम्मका सबै घटना र अवस्थाबारे जानकारी गराएका थिए ।

ज्ञापन पत्र बुझाउदै मुख्यमन्त्रि शेरधन राई लाई
ज्ञापन पत्र

भिडियो हेर्नुहोस

https://youtu.be/oaina50kHZ0
Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.