Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

एन्फा, खेलकुद परिषद नै गैरजिम्मेवार भएपछि हामी खेलाडीले कसलाई गुहार्ने ?


२९ आश्विन २०७७, बिहीबार ०८:०४

अनिल गुरुङ । 
दुई–तीन साताअघिको घटना होला यो । मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ । रंगशालामा मान्छेहरुको जमघट थियो । रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो ।

अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो । तर, त्यो तस्बिर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ । यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फूटबल खेलाडिको मन नमज्जाले बजारिन पुग्यो ।

खेलाडी घरमा, मैदानमा कलाकार कस्तो लापरवाही, रंगशालामा खेल संचालनको अनुमति नदिने सरकार सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन । कोरोनाले कामविहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो । कोभिडको कहरले देशमा खेलकुद गतिविधि ठप्प भएको सात महिना बितिसक्यो । सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ । खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ । तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र यो पोस्टबाट आफ्नो मनको भावना पोख्न चाहेँ ।

खेलकुद पूर्ण रुपमा सुचारु गरौं भन्दा कोरोनाको बहाना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अति नै लज्जाजनक लाग्यो । दुःखी नि बनायो र म यस्को घोर भत्र्सना गर्छु । एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगती गर्छ जस्तो मलाई लाग्दैन । देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडिको क्षमतामा दोष दिने गरिन्छ । तर, देशको खेलकुद निकयको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ ।

देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने सकिने गरेको छ । ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन् । जबकि सारा संसारभरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो । अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो । हामीकहाँ खेल हार्यो कि खेलाडीलाई गाली गालीगलौज गर्ने गरिन्छ । जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन् । यो कुरा कसले बुझ्ने ? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछी हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?

हाम्रो अभिभावक भनेकै यिनै संस्थाहरु हुन् । यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाइ टुहुरो भएको अनुभुती पनि नभएको होईन । यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ । डर लाग्छ, उनीहरुको भविस्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि ? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन ।

मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवश्य राम्रो हुन्छ भनेर आश पनि छ । भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ । खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो । आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविस्यलाइ अँध्यारोमा धकेल्नु हुन्न । भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ । जय नेपाल, जय नेपाली फुटबल ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.