Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कोरोना भाइरससँग जुझ्न भिटामिन ’डी’को प्रभावकारिताबारे परीक्षण गरिँदै


२९ आश्विन २०७७, बिहीबार ०५:५९

ब्रिटेनमा वैज्ञानिकहरूले भिटामिन ’डी’ले कोभिड १९ सँग लड्ने प्रतिरोधी क्षमता बढाउँछ कि भनेर जाँच्न परीक्षणमा सहभागी हुन चाहने स्वयंसेवीहरूको खोजी गरिरहेका छन् । सहभागी हुन चाहने मानिसहरूको घरमा छ महिनासम्म प्रतिदिन भिटामिन ’डी’ सेवन गर्नको निम्ति औषधि पठाइनेछ । त्यस्ता व्यक्तिमा भिटामिन ’डी’को कमी भएनभएको सुरुमा जाँचिनेछ ।

जाडो याममा मानिसहरूमा भिटामिन ’डी’को झन् कमी हुन सक्ने भएकाले यसअघि नै वेलायतबासीलाई थप भिटामिन लिन भनिएको थियो । त्यो सुझाव भने साधारण स्वास्थ्य अवस्था राम्रो बनाइराख्नका निम्ति भनिएको हो, कुनै खास सङ्क्रमण रोक्न होइन । विशेषगरि धेरै उमेरका मानिसहरू, धेरै तौल भएका मानिसहरू, अनि अश्वेत तथा एसियाली मूलका मानिसहरूमा भिटामिन ’डी’ को कमी भएको पाइएको छ ।

यी सबै समूहका मानिस कोभिडबाट गम्भीर बिरामी हुनसक्ने जोखिम समूहमा पनि पर्छन् । बार्ट्स च्यारीटीको सहयोगमा क्वीन मेरी युनिभर्सिटी अफ लण्डनका अनुसन्धानकर्ताहरूले परीक्षण गर्न लागेका हुन् ।

मुख्य अनुसन्धानकर्ता डेभिड जोलिफ भन्छन्, ‘परीक्षणले भिटामिन ’डी’ले कोभिडबाट जोगाउँछ कि जोगाउँदैन भन्ने प्रश्नको ’निश्चित् जबाफ दिने सम्भावना छ।’ ‘भिटामिन ’डी’को उपयोग गर्न थोरै मूल्य पर्छ, यसको प्रयोगको थोरै जोखिम छ अनि यदि प्रभावकारी प्रमाणित भए यसले कोरोनाभाइरसविरुद्ध संसारको लडाइँमा निकै बल पुग्नेछ,’ उनले भने।

भिटामिन ’डी’को प्रयोग निकै सुरक्षित मानिए पनि हरेक दिन तोकिएकोभन्दा धेरै लिने गरेमा त्यसले दीर्घकालमा जोखिम उत्पन्न गर्न सक्छ । महामारीका बेला धेरै मानिस घरभित्रै बस्दा कतिपयमा भिटामीन ’डी’को कमी हुनसक्छ । साधारणतया धेरै मानिसले घरबाहिर समय बिताउँदा सूर्यको किरणबाट छालामार्फत् भिटामिन ’डी’ प्राप्त गर्छन् ।

ब्रिटेनको स्वास्थ्य सेवा एनएचएसले मानिसहरूलाई यदि धेरै समय घरभित्रै बिताउने गरिएको छ भने प्रतिदिन १० माइक्रोग्राम भिटामिन ’डी’ खान सुझाव दिएको छ । महामारीभन्दा पहिले पनि त्यहाँ मानिसहरूलाई अक्टोबरदेखि मार्चसम्म भिटामिन ’डी’ लिन भनिएको थियो ।

पब्लिक हेल्थ इङ्ग्ल्यान्डले यदि तपाईँ बाहिर निस्कने गर्नुहुन्न, यदि तपाइँ कुनै आश्रयस्थलमा बस्नुहुन्छ र यदि तपाइँ घाममा निस्कँदा पूरै जीउ ढाकिने कपडा लगाउनुहुन्छ भने तपाइँलाई वर्षैभरि भिटामिन ’डी’ खान सुझाव दिने गरेको छ । साथै कालो छाला भएका मानिसहरूले बाहिर धेरै समय बिताएपनि पर्याप्त भिटामिन ’डी’ प्राप्त नगरेको हुनसक्ने भन्दै थप खानसक्ने बताइएको छ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.