हिमालयन बैंकले दियो आँखा अस्पताललाई ३५ लाखको स्वास्थ्य उपकरण
काठमाडौं । हिमालयन बैंकले डा. राम प्रसाद पोखरेल आँखा अस्पताललाई ३५ लाख रुपैयाँ बराबरको फेको मेसिन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त मेसिन सहयोग गरेको हो ।
बैंकका संचालक सुनिल बहादुर थापाले अस्पतालमा आयोजना गरिएको एक समारोहकाबीच सो मेसिन हस्तान्तरण गरेका हुन् ।
अस्पतालले नेपाल नेत्र ज्योति संघमा दर्ता भई प्रदेश नम्बर एक अन्तर्गत धनकुटामा आँखा सम्बन्धी विभिन्न स्वास्थ सेवा प्रदान गर्दै आएको छ । फेको मेसिन जडान भएपछि धनकुटासहित पूर्वीपहाडी जिल्लाका नागरिकलाई आँखा उपचार सेवामा सहज हुने भएको छ ।
Facebook Comments Box
