Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

बैंकहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई, अधिकांशको दिन र समय दुबै जुध्यो


९ पुष २०७७, बिहीबार ०६:५२

काठमाडौं । पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो ।

अधिकांश वाणिज्य बैंकहरुले आगामी पुस २९ गते वार्षिक साधारणसभा (एजीएम) डाकेका छन् । एकैदिन साधारणसभा बोलाउनेमा नेपाल बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, मेगा बैंक र एनएमबि बैंकले एकैदिन साधारणसभा आव्हान गरेका हुन् । उनीहरुले एकैदिन एउटै समय अर्थात १० बजेदेखि ११ बजेसम्मको बीचमा सभा डाकेका छन् ।

त्यस्तै, नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकको एकैदिन पुस २८ गते ११ देखि ११ः३० को समयमा सभा आव्हान गरेका छन् । यी दुई कम्पनीको क्रमशः पुस १५ र पुस १७ गते बुक क्लोज हुने भएको छ ।

त्यसैगरी, हिमालयन बैंक र एभरेष्ट बैंकको पनि एकैदिन अर्थात पुस २७ गते सभा हुने भएको छ । उनीहरुले एउटै समय अर्थात बिहान ११ बजे सभा शुरु गर्ने भएका छन् ।

त्यस्तै, पुस २६ गते नेपाल बङ्गलादेश बैंक र प्रभु बैंकले वार्षिक साधारणसभा डाकेका छन् । यी दुई बैंकको बुक क्लोज पनि एकैदिन अर्थात पुस १० गते हुने भएको छ ।

स्ट्याण्डर्ड र सनराइज बैंकले पुस २४ गतेको लागि सभाको मिति तय गरेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस ९ गते बुक क्लोज हुने भएको छ भने सनराइज बैंकको पुस ७ गते नै बुक क्लोज भइसकेको छ ।

कुन बैंकले कहिले गर्दै छन् एजिएम ? (समयसहित)

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.