स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
नेप्सेमा मूल्य समायोजन भए पछि कम्पनकिो शेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । यस अघि बैंकले आफ्ना लगानीकर्ताहरुलाई ७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पौष २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको मंसिर ३० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३४औं वार्षिक साधारण सभा पुस २४ गते, शुक्रबार, एभरेष्ट होटेल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १२ः१५ बजेबाट सुरू हुने जनाएको छ ।
Facebook Comments Box
