कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।
Facebook Comments Box
