Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

‘मेरा पिता राजसंस्थाको प्रेममा अन्धा भएका छन्’


२८ आश्विन २०७७, बुधबार १७:०८

‘हाम्रा राजालाई आलोचना गर्नु भनेको पाप हो भनेर मेरा पिताले मलाई सिकाएका थिए।’ तर १९ वर्षका दनाइले पिताको चेतावनीलाई बेवास्ता गर्दैछन् । बैंककमा कानुनका विद्यार्थी उनी हरेक महिना राजसंस्थामा सुधार माग गर्दै प्रदर्शनमा उत्रने दशौँ हजारमध्ये एक हुन् ।

उनका पिता पाकोर्न उच्च मध्यम वर्गका हुन् र धेरै ठाउँ घुमिसकेका छन् । एउटै घरमा नबसे पनि उनीहरूबीच बेलाबेला भेट हुन्छ तर प्रत्येक भेटमा उनीहरू राजसंस्थाको विषयबारे भने बोल्दैनन् । ‘सो विषयमा कुराकानी हुनासाथ हाम्रो झगडा पर्न थाल्छ र दिन नै खेर जान्छ’, दनाइले भने । ‘एकपटक मैले राजाको आलोचना गरेपछि हाम्रो गाडीभित्रै झगडा पर्यो। मेरा पिताका निम्ति राजसंस्था पवित्र हो। मैले किन भनेर सोधेँ। उनले म सानो उमेरको भएकोले बुझ्न नसक्ने बताए। म रिसाएँ र त्यसपछि उनी मसँग बोलेनन्।’

थाइल्यान्डमा परिवारहरू राजसंस्थालाई लिएर प्रत्यक्ष विवादमा मात्र उत्रँदैनन्, कतिपयले त यो विवाद सामाजिक सञ्जालमा पनि पुर्याएका छन् । जब एक विश्वविद्यालयका विद्यार्थीले फेसबुकमा राजसंस्थाविरोधी भावनाका कारण उनको पिताले उनीमाथि मुद्दा हाल्न चाहेको लेखिन्, उनको पिताले क्रुद्ध प्रतिक्रिया व्यक्त गर्दै उनलाई परिवारको नाम प्रयोग गर्न नदिने बताए । दनाइले राजसंस्थाबारे आफ्नो पितालाई सबैभन्दा पहिले १७ वर्षको उमेरमा चुनौती दिएका थिए । ‘हामी सिनेमा हलमा थियौँ। जब राष्ट्रगान बज्यो सबैजनाले राजाप्रति सम्मान व्यक्त गर्न उभिए। मैले त्यसो गर्न चाहिनँ। पिताले भन्दाभन्दै पनि म उठिनँ। जब अरू मानिसहरूले घुरेर हेरे तबमात्र म उभिएँ।’ राष्ट्रगान बज्दा नउभिनुलाई गैरकानुनी मानिन्थ्यो।

ऐतिहासिक परम्परा
थाइ मानिसहरूलाई बच्चैदेखि आफ्ना राजाप्रति स्नेह र सम्मान प्रकट गर्न सिकाइन्छ । साथै त्यसो नगरे हुनसक्ने परिणामको त्रास पनि देखाइन्छ । थाइल्यान्ड त्यस्ता थोरै देशहरूमध्ये पर्छ जहाँ कडा कानुन छ जसअनुसार राजा, रानी वा गद्दीका उत्तराधिकारीको आलोचनालाई गैरकानुनी ठानिन्छ। त्यसो गरेको पाइए १५ वर्ष जेल सजाय हुनसक्छ । अचेल दनाइ सिनेमा हलमा उभिँदैनन् । जुलाईदेखि यता विश्वविद्यालयहरूमा पढ्ने हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् ।

उनीहरूले राजाको करिब असीमित शक्ति र स्रोतमा सीमाको माग गरेका छन्। विश्वमा अरूलाई यी माग सामान्य लाग्न सक्छ तर थाइल्यान्डको आधुनिक इतिहासमा राजसंस्थालाई यसरी सार्वजनिक चुनौती दिइएको थिएन । विद्यार्थीको विरोधले अधिकांश थाइ जनता अचम्भित भएका छन् दनाइका पिता पाकोर्नसहित । ‘म राजा रामा ११ को पालामा जन्मिएको थिएँ । उनले आफ्ना बालबालिकाभन्दा धेरै जनताका निम्ति काम गरेका थिए। जब उनी बिरामी भए तब उनलाई जोगाउन सकिने भए म आफैँ ज्यान दिन समेत तयार थिएँ। तर मेरा छोराजस्तै अहिलेका पुस्ताका युवाहरूले त्यो अनुभव गरेनन्।’

नयाँ राजा
थाइल्यान्डमा नयाँ पुस्ताले राजसंस्थाविरुद्ध प्रदर्शन गरेका छन् । केही वर्ष पहिलेसम्म पनि यस्तो पुस्ताबीचको झगडा अकल्पनीय थियो । तर नयाँ राजा महा बजिरालङ्गकर्नको राज्याभिषेकले सबै बदलिदियो । नयाँ राजालाई सार्वजनिक रूपमा दुर्लभै देखिन्छ। उनको धेरै समय जर्मनीमा बित्छ। थाइल्यान्डमा कोरोनाभाइरस महामारीको प्रभाव परेपछि त उनी झन् धेरै बाहिर बसे । उनले बैंककस्थित सबै सैन्य इकाइको निर्देशन आफ्नो हातमा लिएपछि थुप्रै प्रश्न उठे ।

आधुनिक थाइल्यान्डमा शाही परिवारमा सैन्य शक्ति यसरी केन्द्रीकृत गरिएको थिएन । उनको निजी जीवन पनि चर्चामा आउँछ । उनले चारपटक विवाह गरेका छन् र उति नै विवाहेतर सम्बन्ध पनि रहेको बताइन्छ । जबकि दिवङ्गत राजा रामा ११ लाई कतिपयले झन्डै ईश्वरीय दर्जा दिन्थे। उनी जहाँ जान्थे मानिसहरूले प्रणाम गर्थे र आफूलाई उनको पैताला मुनिको धूलो भन्थे । पाकोर्नले दिवङ्गत राजालाई दुईपटक भेटेका थिए । ‘एकपटक म गाडीमा गइरहेको थिएँ। विपरीत दिशामा उनीपनि आफैँ गाडी चलाएर आइरहेका रहेछन्। उनको अघिपछि कुनै मोटरकेड थिएन । हाम्रा आँखा जुधे। मलाई लाग्छ उनी साधारण मानिसजस्तै रहन रुचाउँथे। उनी विशेष थिए।’

विगतप्रति प्रश्न
तर दनाइले आफ्नो पिताको अनुभव बुझ्दैनन् । ‘उनी राजसंस्थाप्रतिको प्रेममा अन्धा भएका छन्। उनीसँग कुरा गर्नु भनेको भित्तासँग कुरा गर्नुजस्तै हो। उनी सुन्न चाहँदैनन्।’ राजाबारे विपरीत धारणाका कारण उनीहरूको सम्बन्ध बिग्रिएको छ । यो पुस्तान्तर थाइ समाजको विभाजनको एउटा उदाहरण हो । गर्मीयाममा विद्यार्थी विरोध प्रदर्शन सुरु भएयता थाइल्यान्डभरि परिवारहरू विभाजित भइरहेका छन् । अभिभावक तथा बालबालिका, दाजुभाइ र दिदीबहिनी, काकाकाकी र भतिजाभतिजी एकअर्कासँग अपरिचित बन्न थालेका छन् । थाइल्यान्डको युवा पुस्ताले राजसंस्था र उसले प्रतिनिधित्व गर्ने सबैथोकमाथि प्रश्न उठाउन थालेको छ र यो लामो आन्तरिक सङ्घर्षको सुरुवात मात्र हो जस्तो लाग्छ ।
बीबीसीबाट

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.