Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

ब्रिटिश र रुसी खोप मिश्रण गरेर परीक्षण गरिने

२७ मंसिर २०७७, शनिबार १४:३०

ब्रिटेन र रुसका वैज्ञानिकहरूले अक्सफोर्ड र स्पुत्निक खोपहरूलाई मिश्रण गर्दा अझ कोरोनाभाइरस प्रतिरोधी क्षमता बढ्छ कि भनेर परीक्षण गर्ने भएका छन् ।

दुई उस्तै प्रकारका खोपहरू मिश्रण गर्दा अझ राम्रो रोग प्रतिरोधी क्षमता देखिने हुनसक्छ । रुसमा गरिने परीक्षणमा १८ वर्षभन्दा माथिका मानिसहरू सहभागी हुने भनिए पनि कति जना सहभागी हुने भन्ने स्पष्ट छैन ।

अक्सफोर्डले हालै प्रकाशित गरेको परीक्षणको नतिजामा उसले एस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको कोभिड १९ को खोप मानिसमा सुरक्षित र प्रभावकारी रहेको देखिएको छ ।

अध्ययनकर्ताहरूले वृद्ध व्यक्तिहरूको तथ्याङ्कमा काम गरिरहेका छन् भने ब्रिटेनको नियामक संस्था एमएचआरएको अनुमतिको प्रतीक्षा पनि गरिरहेका छन् । एस्ट्राजेनेकाले अन्य उस्तै प्रकृतिका खोपहरूसँग मिश्रण गर्दा अझ राम्रो खोप विकास हुनसक्छ कि भनेर हेरिरहेको बताएको छ ।

ब्रिटिश खोप र रुसी खोपले उस्तै तरिकाले काम गर्छ जुन अहिले ब्रिटेन, अमेरिका, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति प्राप्त गरेको फाइजरको खोपले काम गर्ने तरिकाभन्दा फरक हो ।

रुसी स्पुत्निक खोपको परीक्षणको नतिजा पनि उत्साहित हुने खालको भएको बताइएको छ । रुस आपत्कालीन प्रयोगका लागि कोभिड खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा

झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.