विदेशी शक्तिले मुलुकलाई अस्थीरतातर्फ धकेल्न खोजेः संचारमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडलले कोरोनाको खोप सहजरुपमा आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको पाँचौं साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो खोप सहजरुपमा आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताएका हुन् ।
उनले विश्व बजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाको खोप आपूर्ति गर्ने जानकारी दिँदै यसबारे अन्य देशहरुसंग छलफल भइरहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र उपचार सरकारले गर्ने उल्लेख गरे । जनताको जीवन रक्षा र जिविकाको रक्षा सरकारको पहिलो प्राथमिकता रहेको उनको भनाई छ ।
मन्त्री पौडेलले सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी ढंगले काम गरेको तर्क गरे । फरक प्रसंगमा उनले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए ।
पौडेलले निजी, सहकारी र उत्पादनका क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफल मार्फत नै समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पारेको असरलाई परिपूर्ति गर्न सरकार र निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
